काठमाण्डौ – बितेका पाँच वर्षमा बेरोजगारको सूचीमा सूचीकृत ३५ लाख भन्दा धेरै बेरोजगार मध्ये झण्डै १७ प्रतिशतले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका छन् ।सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५/०७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बितेका चार वर्षमा ३५ लाख ३२ हजार ९९७ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएकोमा ५ लाख ८९ हजार ७७९ अर्थात् १६.६९ प्रतिशतले मात्र रोजगारी पाएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा १७ लाख १ हजार ५५१ जना बेरो...