एजेन्सी। कोरोना महामारीका कारण एक वर्षदेखि संकट व्यहोरिरहेको अमेरिकामा लाखौं बेरोजगार बनेका छन्। कामधन्दा पुनः सुचारु भए पनि नयाँ रोजगारी सिर्जना हुन सकेको छैन।अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाको भन्छन्, ‘हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ, आउँदा महिनाहरुमा त्यस्तो जोखिम थप बढ्नेछ।’ कोरोनाको डरले कतिपय मानिस आफ्नो काममा फर्कन तयार नहुनाले समस्या पर्न गएको कतिपय विश्लेषक बताउँछन्।