काठमाडौं । न्यू बिजनेश एजले आयोजना गरेको न्यूबिज स्टार्टअप समिट एण्ड अवार्ड्स कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
अवार्ड्स कार्यक्रममा डक्टरस अन कल, अनामनगर, काठमाडौं, ईडिजिटल नेपाल, तीनकुने, काठमाडौं, फोकस वन (फोको) कालीमाटी काठमाडौं, सजिलो सेवा, झम्सिखेल, ललितपुर तथा इन्ग्रेल्स (वेद) धोवीघाट, ललितपुर बेस्ट स्टार्ट अप अफ द इयर २०२३ बाट सम्मानित भएका हुन् ।
त्यस्तै इमरजिङ स्टार्ट अप अफ द इयरबाट डेलिस डेरी (ग्रीक योगर्ट), भरतपुर, चितवन, इन्सपाइरिङ वुमन लिड अफ द इयरबाट डिजिटल एज नेपाल, ताहाचल, काठमाडौं र स्टार्टअप स्केल अवार्डबाट फूडमान्डू, नक्साल, काठमाडौं सम्मानित भएका छन् ।
उनीहरूलाई स्वतन्त्र निर्णायक मण्डलले कम्पनीको मिसन, भिजन, भ्यालू प्रोपोजिसन र बजार पहिचान, टिम कम्पोजिसन, क्यालिवर, इन्नोभेसन/यूएसपी/डिस्ट्रप्सन, ट्रयाक्सन टू डेट, स्केलएबिलिटी र प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग तथा क्रियशनलगायतको मूल्यांकनको आधारमा छनोट गरेको हो ।
कार्यक्रमअन्तर्गत ‘टुवार्ड्स स्टार्टअप नेशन’ विषयमा प्यानल डिस्कसन पनि गरिएको थियो । प्यानल डिस्कसनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोया ज्ञवाली, आर एण्ड डी इन्नोभेटिभ सोलुसन प्रालिकी फाउन्डर सुनिता न्हेमाफुकी र उपायका को–फाउन्डर राहुल मल्ल ठकुरी वक्ताका रूपमा सहभागी भए । प्यानल डिस्कसनको सहजीकरण भिकासा टेकका को–फाउन्डर एवं हेड अफ अपरेशन अस्मोद कार्कीले गरे ।
अवार्ड्स कार्यक्रमलाई सस्तोडिल डट कम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिगो, नेक्सन ईभी म्याक्स र सिटी एक्सप्रेसले सघाएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि कार्यक्रमलाई सहयोग गरेका छन् ।
हेर्नुस् तस्वीरहरू