स्टार्टअप समिट अवार्ड्स विशेष

क्षेत्रीय कार्यक्रम भएको भए थप रोचक हुन्थ्यो पवित्र गौतम सीईओ एवम् सह–संस्थापक, कारखाना प्रालि हामीहरूले स्र्टाटअपका लागि वातावरण बनाउनेबारे कुराकानी गरिरहेको समय भएकोले कार्यक्रम अलि रोचक नै थियो । यस्ता खालका कार्यक्रमले आफ्नै व्यवसाय शुरू गर्नेबारे विचार गरिरहेका मानिसलाई प्रेरणा दिन्छ । भर्खरै व्यवसाय शुरु गरेकाहरूलाई पनि प्रोत्साहन मिल्नेछ । यस्ता कार्यक्रमले बेञ्चमार्क सृजना गर्नेछ । त्यसैले यो राम्रो थियो । यस्ता खालका अवार्डले हामीहरूलाई प्रेरित गर्नुका साथै कठोर मेहनत गर्न जागरुक बनाउँछ । यस्ता कार्यक्रम स्थानीयस्तरमा भयो भने झनै राम्रो हुन्छ भन्ने मेरो दृढ विश्वास छ । अधिकांश कार्यक्रम अनि हरेक कुरा काठमाडौंमा आधारित हुन्छ । मलाई लाग्छ, क्षेत्रीय कार्यक्रमहरु गरिँदा साँच्चै रुचिकर हुन सक्छ । स्टार्टअपका लागि उत्साहजनक र प्रेरणादायी पुष्पराज तिवारी प्रबन्ध निर्देशक, नेपाल एग्रो इनपुट्स मार्केटिङ एण्ड आन्ट्रप्रेनरशिप सर्भिस प्रालि (नेम्स) म दुईओटा कार्यक्रममा आफ्नै कामले गर्दा सहभागी हुन सकिनँ । तर आयोजकहरूले मसँग सम्पर्क राखे र फलोअप गरिरहे । आयोजकको यो व्यवहार मलाई निकै मन प¥यो । आजको कार्यक्रम मेरो जस्तो स्टार्टअप अनि अन्यका लागि समेत निकै उत्साहजनक र प्रेरणादायी थियो । मलाई लाग्छ, न्यूबिजले भर्खरै स्थापित भएका व्यवसायसम्बन्धी तथ्यांक उद्योग विभाग र साना तथा घरेलु उद्योगबाट लिन सक्ने हो भने हिजोआज मानिसले खोजिरहेका टन्नै डेटाहरू पाइन्छ । फलोअपपछि यस्ता कार्यक्रममा थप स्टार्टअपको सहभागिता हुनेछ र उनीहरूले प्रेरणा पाउनेछन् । अवार्डले प्रोत्साहित गर्‍योे गीता लामिछाने अध्यक्ष, आमा एग्रो प्रडक्ट प्रालि समग्रमा कार्यक्रम निकै राम्रो रह्यो । हामी जस्ता स्टार्टअपहरूले वक्ताहरूको अनुभवबाट धेरै कुरा सिक्ने अवसर पायौं र यसले निकै उत्साह पनि थपेको छ । हामीहरू संघर्षकै चरणमा छौं । यो अवार्डले हामीलाई प्रोत्साहन तथा उत्प्रेरणा पनि थपेको छ । कुनै समय हामीले गरेको संघर्ष पहिचान हुनेछ भन्ने मलाई महसूस भइरहेको छ । यो कार्यक्रमबाट सिकेका कुराहरूले पक्कै पनि हामीलाई टेवा दिनेछ । भविष्यमा पनि उत्साह थप्नेछ । यस्ता कार्यक्रम हामी जस्ता स्टार्टअपका लागि निकै महŒवपूर्ण छन् । किनकि कहिलेकाँही समाज, परिवार र साथीभाइमै नेपालमा केही गर्न सकिँदैन भन्ने धारणा सुन्दा हामी काम गर्न हतोत्साहित समेत हुने गरेका छौं । तर यस्ता कार्यक्रमले त्यस्ता खालका धारणा परिवर्तन गर्न मद्दत गर्नुका साथै हामीलाई पनि उत्प्रेरित गरेको छ । मैले अपेक्षा गरे भन्दा बाहिरको थियो विनीता पोखरेल सीईओ, प्योर जोय प्रालि, महिला स्टार्टअप सम्मान कार्यक्रम वास्तवमा मैले अपेक्षा गरेभन्दा बाहिरको थियो । कार्यक्रम यति ठूलो होला भनेर मैले आशा नै गरेको थिइनँ । म विविध कार्यक्रममा मनोनीत भएको छु । अनि यिनीहरूमा सहभागी पनि भएको छु । तर आजको अवार्ड कार्यक्रमबाटै निकै घनीभूत भए ।     कार्यक्रमका प्रशिक्षकहरूको अनुभव प्रेरणादायी छ रमेश शर्मा प्रबन्ध निर्देशक, शर्मा एण्ड कम्पनी स्टार्टअप बिजनेश सम्बन्धी यस्तो अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम हुन सकिरहेको थिएन, जुन न्यू बिजनेश एजले आयोजना ग¥यो । यसबाट धेरै सिक्ने अवसर पाएको छु । खासगरी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, खल्ती डिजिटल वालेटका सहसंस्थापक एवं निर्देशक अमित अग्रवालको प्रस्तुति साँच्चै प्रेरणादायी थियो । उहाँहरूबाट धेरै कुरा सिक्न सकिन्छ । स्टार्टअप बिजनेशबाट शुरूमै पैसा कमाउने उद्देश्य राखियो भने सफल नहुने रहेछ ।