न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड्स कार्यक्रम शुरु

काठमाडौं । न्यू बिजनेश एजले आयोजना गरेको न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स कार्यक्रम शुरु भएको छ । कार्यक्रमलाई न्यू बिजनेश एजका अध्यक्ष मदन लम्साल र डोल्मा इम्प्याक्ट फण्डका टिम गोचर ओबीईले उद्घाटन गरेका छन् ।  कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष लम्सालले नेपालमा पनि स्टार्टअपले जरा गाड्दै गइरहेको बताए । केही स्टार्टअपहरू सर्वसाधारणमा शेयर जारी गर्ने हैसियतमा पुग्दै छन् । यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ । उनले भने । दैनिक ३३ सय युवा विदेशी रहेको अवस्थामा तिनलाई रोक्नको लागि पनि यो अवार्ड कार्यक्रम आयोजना गरिएको लम्सालले बताए । डोल्म इम्प्याक्ट फण्ड लगायतका संस्थाले पनि स्टार्टअपलाई सहयोग गरिरहेको भन्दै स्वतन्त्र निर्णायक मण्डलबाट छानिएर पुरस्कृत गरिएको जानकारी दिए । कतिपय राम्रा स्टार्टअपहरू हाम्रो सम्पर्कमै आउन सकेनन् । आएका मध्येबाट उत्कृष्ट स्टार्टअपहरूलाई सम्मान गरिदै छ । उनले भने । २०१७ देखि हामिले यसरी स्टार्टअपलाई सम्मान गरिरहेका छौ । यो कार्यक्रमभन्दा अघि हामिले स्टार्टअपका लागि तालिम पनि दिएका थियौ । सबैको उत्साहजनक सहभागित रहेको थियो । राजधानीमा एक विशेष समारोहकाबीच भइरहेको कार्यक्रमलाई सांसद् तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ भने ‘टुवार्डस स्टार्ट अप नेशन’  विषयमा छलफल भइरहेको छ । कार्यक्रममा सातै प्रदेशबाट आवेदन माग गरिएको थियो । देशभरका २ हजारभन्दा बढी स्टार्टअप उद्यमीले अवार्ड्स कार्यक्रममा सहभागिताका लागि आवेदन दिएका थिए । यस वर्षको अवार्ड्स तथा सम्मानको थिम ‘टुवार्डस स्टार्ट अप नेशन’ रहेको छ । यसवर्ष आठ स्टार्ट अप कम्पनीलाई अवार्ड प्रदान गरिँदै छ । अवाड्र्स कार्यक्रमलाई सस्तोडिल डट कम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, रिगो, नेक्सन ईभी, म्याक्स र सिटी एक्सप्रेसले सघाएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि अवार्ड्स तथा सम्मान कार्यक्रमलाई सहयोग गरेका छन् । न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । कम्पनीले सन २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेज तथा कम्पनी छनोट गरी पुरस्कृत गर्दै आएको छ । सन २०१९ देखि कम्पनीले महिला उद्यमीलाई सम्मान गर्दै आएको छ । कम्पनीले पछिल्लोपटक गत मङ्सिरमा न्यू बिज बिजनेश कनक्लेभ एन्ड अवार्ड्स कार्यक्रम आयोजना गरेको थियो ।

सम्बन्धित सामग्री

एनआइसी एसिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स’

एनआइसी एसिया बैंकलाई मुलुकको बैंक तथा वित्तीयक्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवाको मूल्यांकन गरी ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ दिइएको छ।...

न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स : यी हुन् अवार्ड्स पाउने ८ कम्पनी

काठमाडौं । न्यू बिजनेश एज प्रालिद्वारा आयोजित ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ मा सहभागी भएकामध्ये ५ कम्पनीलाई 'बेष्ट स्टार्ट अप अफ द इयर' अवार्ड्समार्फत सम्मान गरिएको छ । डक्टरस अन कल, अनामनगर, काठमाडौं, ईडिजिटल नेपाल, तीनकुने, काठमाडौं, फोकस वन (मोको) कालीमाटी काठमाडौं, सजिलो सेवा, झम्सिखेल, ललितपुर तथा इन्ग्रेल्स (वेद) धोवीघाट, ललितपुर बेस्ट स्टार्ट अप अफ द इयर २०२३ बाट सम्मानित भएका हुन् ।  त्यस्तै इमरजिङ स्टार्ट अप अफ द इयरबाट डेलिस डेरी (ग्रीक योगर्ट), भरतपुर, चितवन, इन्सपाइरिङ वुमन लिड अफ द इयरबाट डिजिटल एज नेपाल, ताहाचल, काठमाडौं र स्टार्टअप स्केल अवार्डबाट फूडमान्डू, नक्साल, काठमाडौं सम्मानित भएका छन् । उनीहरूलाई स्वतन्त्र निर्णायक मण्डलले कम्पनीको मिसन, भिजन, भ्यालू प्रोपोजिसन र बजार पहिचान, टिम कम्पोजिसन, क्यालिवर, इन्नोभेसन/यूएसपी/डिस्ट्रप्सन, ट्रयाक्सन टू डेट, स्केलएबिलिटी र प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग तथा क्रियशनलगायतको मूल्यांकनको आधारमा छनोट गरेको हो । डक्टरस अन कल घरघरमा पुगेर बिरामीको उपचार गर्ने कम्पनी हो । त्यस्तै ई-डिजिटलले गुणस्तरीय शिक्षाका लागि डिजिटलाइजेशनको काम गर्छ । फोकस वन पेमेन्ट वालेट कम्पनी हो । जसले भुक्तानी सहजीकरणमा काम गर्छ ।  सजिलो सेवाले सेवाग्राहीलाई आवश्यक पर्ने सूचना, सेवा उपलब्ध गराउँछ । वेदले शैक्षिक संस्थालाई आवश्यक पर्ने प्रविधिको विकास गरेको छ । इमरजिङ स्टार्ट अप अफ द इयरबाट सम्मानित डेलिस डेरीले दही, मोही उत्पादन गरेर उपभोक्तासमक्ष पुर्‍याउने गर्छ । त्यस्तै इन्सपाइरिङ वुमन लिड अफ द इयरबाट सम्मानित  डिजिटल एज नेपाल वित्तीय सेवा प्रदायक कम्पनी हो भने  स्टार्ट अप स्केलअप अवार्डबाट सम्मानित फूडमान्डूले उपभोक्ताको घरघरमा अर्डर बमोजिमका खानेकुरा डेलिभरी गर्दै आएको छ ।

न्यूबिज स्टार्टअप समिट एण्ड अवार्ड्स : प्यानल डिस्कसन शुरु

काठमाडौं । न्यूबिज स्टार्टअप समिट एण्ड अवार्ड्स कार्यक्रमअन्तर्गत प्यानल डिस्कसन शुरु भएको छ । ‘टुवार्ड्स स्टार्टअप नेशन’ थिममा भइरहेको प्यानल डिस्कसनमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतम, आर एण्ड डी इन्नोभेटिभ सोलुसन प्रालिकी फाउन्डर सुनिता न्हेमाफुकी, उपायका को–फाउन्डर राहुल मल्ल ठकुरी वक्ताका रूपमा छन् । यसको सहजीकरण भिकासा टेकका को–फाउन्डर एवं हेड अफ अपरेशन अस्मोद कार्कीले गरिरहेका छन् ।  न्यू बिजनेश एजको आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मदन लम्साल र डोल्मा फण्ड म्यानेजमेन्टका फाउन्डर र सीईओ टिम गोचर ओबीईले गरेका थिए ।  कार्यक्रमअन्तर्गत चार विधामा ८ स्टार्टअप कम्पनीलाई अवार्ड पनि दिइँदैछ, जसअन्तर्गत पाँच कम्पनीले ‘बेस्ट स्टार्टअप्स अफ दि इयर–२०२३’ अवार्ड पाउनेछन् । यस्तै, एक–एक कम्पनीलाई ‘इन्सपाइरिङ वुमेन–लिड स्टार्टअप अफ दि इयर’, ‘इमर्जिङ स्टार्टअप अफ दि इयर’ र ‘स्टार्टअप स्केल अप अवार्ड’ दिइन लागिएको आयोजक न्यू बिजनेश एजले जानकारी दिएको छ ।  उक्त अवार्ड्स कार्यक्रममा सहभागिताका लागि सातै प्रदेशबाट आवेदन माग गरिएको थियो, जसमा देशभरका २ हजारभन्दा बढी स्टार्टअप उद्यमीले आवेदन दिएको आयोजक न्यू बिजनेश एजले जानकारी दिएको छ ।  अवार्ड्स कार्यक्रमलाई सस्तोडिल डट कम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिगो, नेक्सन ईभी म्याक्स र सिटी एक्सप्रेसले सघाएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि कार्यक्रमलाई सहयोग गरेका छन् ।  न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेज तथा कम्पनी छनोट गरी पुरस्कृत गर्दै आएको छ । सन् २०१९ देखि कम्पनीले महिला उद्यमीलाई सम्मान गर्दै आएको छ । कम्पनीले पछिल्लोपटक गत मङ्सिरमा न्यूबिज बिजनेश कनक्लेभ एन्ड अवार्ड्स कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको वत्ताहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्ले, नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमाल र डोल्मा फण्ड म्यानेजमेन्टका फाउन्डर र सीईओ टिम गोचर ओबीई छन् ।

मुक्तिनाथ विकास बैंकले पायो 'एचआरएम  अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२१'

मुक्तिनाथ विकास बैंकले कर्पोरेट क्लबले प्रदान गर्ने एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२१ अवार्ड प्राप्त गरेको छ ।

स्टार्टअप समिट अवार्ड्स विशेष

क्षेत्रीय कार्यक्रम भएको भए थप रोचक हुन्थ्यो पवित्र गौतम सीईओ एवम् सह–संस्थापक, कारखाना प्रालि हामीहरूले स्र्टाटअपका लागि वातावरण बनाउनेबारे कुराकानी गरिरहेको समय भएकोले कार्यक्रम अलि रोचक नै थियो । यस्ता खालका कार्यक्रमले आफ्नै व्यवसाय शुरू गर्नेबारे विचार गरिरहेका मानिसलाई प्रेरणा दिन्छ । भर्खरै व्यवसाय शुरु गरेकाहरूलाई पनि प्रोत्साहन मिल्नेछ । यस्ता कार्यक्रमले बेञ्चमार्क सृजना गर्नेछ । त्यसैले यो राम्रो थियो । यस्ता खालका अवार्डले हामीहरूलाई प्रेरित गर्नुका साथै कठोर मेहनत गर्न जागरुक बनाउँछ । यस्ता कार्यक्रम स्थानीयस्तरमा भयो भने झनै राम्रो हुन्छ भन्ने मेरो दृढ विश्वास छ । अधिकांश कार्यक्रम अनि हरेक कुरा काठमाडौंमा आधारित हुन्छ । मलाई लाग्छ, क्षेत्रीय कार्यक्रमहरु गरिँदा साँच्चै रुचिकर हुन सक्छ । स्टार्टअपका लागि उत्साहजनक र प्रेरणादायी पुष्पराज तिवारी प्रबन्ध निर्देशक, नेपाल एग्रो इनपुट्स मार्केटिङ एण्ड आन्ट्रप्रेनरशिप सर्भिस प्रालि (नेम्स) म दुईओटा कार्यक्रममा आफ्नै कामले गर्दा सहभागी हुन सकिनँ । तर आयोजकहरूले मसँग सम्पर्क राखे र फलोअप गरिरहे । आयोजकको यो व्यवहार मलाई निकै मन प¥यो । आजको कार्यक्रम मेरो जस्तो स्टार्टअप अनि अन्यका लागि समेत निकै उत्साहजनक र प्रेरणादायी थियो । मलाई लाग्छ, न्यूबिजले भर्खरै स्थापित भएका व्यवसायसम्बन्धी तथ्यांक उद्योग विभाग र साना तथा घरेलु उद्योगबाट लिन सक्ने हो भने हिजोआज मानिसले खोजिरहेका टन्नै डेटाहरू पाइन्छ । फलोअपपछि यस्ता कार्यक्रममा थप स्टार्टअपको सहभागिता हुनेछ र उनीहरूले प्रेरणा पाउनेछन् । अवार्डले प्रोत्साहित गर्‍योे गीता लामिछाने अध्यक्ष, आमा एग्रो प्रडक्ट प्रालि समग्रमा कार्यक्रम निकै राम्रो रह्यो । हामी जस्ता स्टार्टअपहरूले वक्ताहरूको अनुभवबाट धेरै कुरा सिक्ने अवसर पायौं र यसले निकै उत्साह पनि थपेको छ । हामीहरू संघर्षकै चरणमा छौं । यो अवार्डले हामीलाई प्रोत्साहन तथा उत्प्रेरणा पनि थपेको छ । कुनै समय हामीले गरेको संघर्ष पहिचान हुनेछ भन्ने मलाई महसूस भइरहेको छ । यो कार्यक्रमबाट सिकेका कुराहरूले पक्कै पनि हामीलाई टेवा दिनेछ । भविष्यमा पनि उत्साह थप्नेछ । यस्ता कार्यक्रम हामी जस्ता स्टार्टअपका लागि निकै महŒवपूर्ण छन् । किनकि कहिलेकाँही समाज, परिवार र साथीभाइमै नेपालमा केही गर्न सकिँदैन भन्ने धारणा सुन्दा हामी काम गर्न हतोत्साहित समेत हुने गरेका छौं । तर यस्ता कार्यक्रमले त्यस्ता खालका धारणा परिवर्तन गर्न मद्दत गर्नुका साथै हामीलाई पनि उत्प्रेरित गरेको छ । मैले अपेक्षा गरे भन्दा बाहिरको थियो विनीता पोखरेल सीईओ, प्योर जोय प्रालि, महिला स्टार्टअप सम्मान कार्यक्रम वास्तवमा मैले अपेक्षा गरेभन्दा बाहिरको थियो । कार्यक्रम यति ठूलो होला भनेर मैले आशा नै गरेको थिइनँ । म विविध कार्यक्रममा मनोनीत भएको छु । अनि यिनीहरूमा सहभागी पनि भएको छु । तर आजको अवार्ड कार्यक्रमबाटै निकै घनीभूत भए ।     कार्यक्रमका प्रशिक्षकहरूको अनुभव प्रेरणादायी छ रमेश शर्मा प्रबन्ध निर्देशक, शर्मा एण्ड कम्पनी स्टार्टअप बिजनेश सम्बन्धी यस्तो अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम हुन सकिरहेको थिएन, जुन न्यू बिजनेश एजले आयोजना ग¥यो । यसबाट धेरै सिक्ने अवसर पाएको छु । खासगरी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, खल्ती डिजिटल वालेटका सहसंस्थापक एवं निर्देशक अमित अग्रवालको प्रस्तुति साँच्चै प्रेरणादायी थियो । उहाँहरूबाट धेरै कुरा सिक्न सकिन्छ । स्टार्टअप बिजनेशबाट शुरूमै पैसा कमाउने उद्देश्य राखियो भने सफल नहुने रहेछ ।

गोल्डेन ग्लोब अवार्ड्स : कसले कुन अवार्ड जिते ? (सूचीसहित)

सन् २०१९ को सुरुवातसँगै हलिउडमा अवार्ड्स कार्यक्रमको सुरुवात पनि भइसकेको छ । जनवरी ७  मा अमेरिकाको क्यालिफोर्नियामा हलिउडको यस वर्षको पहिलो अवार्ड्स कार्यक्रम गोल्डेन ग्लोब अवार्ड्स सम्पन्न भएको छ । यस अवार्ड्स कार्यक्रममा ग्लेन क्लोजलाई ‘द वाइफ’ का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त भएको छ भने रामी मालेकल...

'फ्लायर्स फिल्म अवार्ड्स' वैशाखमा

कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको 'प्रथम फ्लायर्स फिल्म अवार्ड्स' वैशाख १६ गतेका लागि सरेको छ ।