न्यूबिज स्टार्टअप समिट एण्ड अवार्ड्स आज, चार विधामा आठ स्टार्टअप कम्पनीलाई अवार्ड

काठमाडौं । न्यू बिजनेश एजले आज (शुक्रवार) न्यूबिज स्टार्टअप समिट एण्ड अवार्ड्स-२०२३ (NewBiz Summit and Awards-2023) आयोजना गर्दैछ ।  कार्यक्रमअन्तर्गत चार विधामा ८ स्टार्टअप (StartUp) कम्पनीलाई अवार्ड दिइँदैछ । उक्त अवार्डका लागि सातै प्रदेशबाट आवेदन माग गरिएको थियो, जसमा देशभरका २ हजारभन्दा बढी स्टार्टअप उद्यमीले आवेदन दिएका थिए ।  यस वर्षको समिट एण्ड अवार्ड्समा प्यानल डिस्कसन पनि राखिएको छ । यसको थिम ‘टुवार्डस् स्टार्ट अप नेशन’ छ ।  अवार्ड्स कार्यक्रमलाई सस्तोडिल डट कम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिगो, नेक्सन ईभी म्याक्स र सिटी एक्सप्रेसले सघाएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि कार्यक्रमलाई सहयोग गरेका छन् ।  न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेज तथा कम्पनी छनोट गरी पुरस्कृत गर्दै आएको छ । सन् २०१९ देखि कम्पनीले महिला उद्यमीलाई सम्मान गर्दै आएको छ । कम्पनीले पछिल्लोपटक गत मङ्सिरमा न्यू बिज बिजनेश कनक्लेभ एन्ड अवार्ड्स कार्यक्रम आयोजना गरेको थियो ।

सम्बन्धित सामग्री

आईसीटी अवार्ड : सर्वोत्कृष्ट छान्‍न पब्लिक भोटिङ र फिल्ड भिजिट हुने

१६ कात्तिक, काठमाडौं।सञ्‍चार तथा सूचना प्रविधि क्षेत्रको आईसीटी अवार्ड कार्यक्रम अन्तर्गत यसवर्ष विभिन्न ३ वटा विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ। स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो। उत्कृष्ट ५ मा पर्ने […]

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मोनाल टेकलाई स्टार्टअप आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो, जस अनुसार यस वर्षको स्टार्टअप विधामा ५० बढीको...

आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको घोषणा

काठमाडौं, ११ मंसिर । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्र्टाअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि कार्तिक २६ गते तिनै विधाका उत्कृष्ट १२ प्रतिस्प्रधीले १२ जना जुरी […]

आईसीटी अवार्डः तीन विधामा उत्कृष्ट पाँच

इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौटपश्चात् उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि २६ कात्तिकमा सबै विधाका उतकृष्ट १२ प्रतिस्पर्धीले १२ जना जुरीसमक्ष प्रिजेन्टेसन र स्पिड डेटिङ सेसनमा प्रस्तुति […]

‘आइसिटी अवार्ड २०२२’ : नोमिनेशन बुझाउन बुधबारसम्मको समय

आइसिटी अवार्डको सातौं सँस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) बुझाउन समय बुधबारसम्म तोकिएको छ। लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड‘ पनि आयोजना हुनेछ । यसैगरी नेपालको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप

आईसीटी अवार्ड सम्पन्न, १२ विधामा विभिन्न संस्था र व्यक्तिलाई अवार्ड

काठमाण्डाै – सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड, २०२१ सम्पन्न भएको छ । लिभिङ विथ आईसीटी म्यागेजिनको आयोजना काठमाण्डौको सोल्टी होटलमा भएको अवार्डमा १२ विधा समावेश थिए । यस वर्षको स्टार्टअप आईसीटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आईसीटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो । त्यस्तै व्यक्तिलाई प्...

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा खेति भेञ्चरलाई स्टार्टअप आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।  यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । जस अनुसार यस वर्षको स्टार्टअप विधामा ५० बढीको नोमिनेसन प्राप्त...