जनकपुर : दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० जलमग्न भएको छ ।पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो। उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले अधिकांश घरमा पानी जमेको जानकारी दिए।वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पानी जमेको छ।वर्षाका कारण बजारमा चहलपहल घटेको छ। व्यापार व्यवसायी प्र