शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएको छ । वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देवकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन् । सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्नासाथ जलमग्न हुने गरेको छ । पानीको निकाश र नाली पुरिएका कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ । कतिपय ठाउँमा सडकको काम अधुरो छाडेकोले पनि पानीको निकास हुन सकेकाे छैन । घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सड