लगातारको वर्षाले धनगढीको विभिन्न स्थान जलमग्न भएका छन् । धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवत-जावतमा समस्या उत्पन्न भएको छ । प्रदेशसभा सचिवालय अगाडिकै सडक पार्क मोड आसपासका पसलभित्र पानी पसेको छ।पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न भएको हो ।धनगढीमा निर्माणाधीन अवस्थामा रहेको सडकमा पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । विगत चार वर्षयता मु