गए रातिदेखि परेको लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी धनगढी –३ को विशालनगर, मिलनचोक, शिवनगर, वडा नं. २ को शिखर टोल, पुरानो भन्सार कटान गाउँको दक्षिण पट्टीको बस्ती, वडा नं. ४ को उत्तरबेहडीलगायत बस्ती जलमग्न भइ स्थानीयको जनजीवन प्रभावित बनेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै वडा नं. १४ र १९ का १० घरपरिवार डुबानमा परी प्रभावित भएपछि सशस्त्र प्रह...