वर्षाले धनगढी जलमग्न

४ साउन, काठमाडौं । आज बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् । डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् । पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ […]

सम्बन्धित सामग्री

एकैदिनको वर्षाले जलमग्न बन्यो धनगढी (तस्बिरहरू)

धनगढी । निरन्तरको वर्षाले धनगढी जलमग्न बनेको छ । बुधबारदेखिको निरन्तरको वर्षाले धनगढीका अधिकांश भूभाग डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उचित ढल निकास नहुँदा धनगढीको मुख्य सडकसमेत डुबानमा परेको छ । अहिले मुख्य सडकमा पर्ने पसलहरू पनि बन्द छन् । धनगढीको मुख्य सडक डुबानमा परेपछि पार्क चौकबाट सडक...

वर्षाका कारण कैलालीको धनगढी बजार जलमग्न

काठमाण्डाै – बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ । पानीको निकास नभएकाले वर्षा हुनासाथ डुबान हुने गरेको धनगढीका मेयर गोपाल हमालले जानकारी दिनुभयो । खोला, नाला अतिक्रमणमा परेका कारण हरेक वर्षको बर्खामा धनगढी ढुबानमा पर्ने गरेको उहाँले बताउनुभयो ।  आफ्नो पाँच वर्षको कार्यकालमा खोला तथा नदीको बहावलाई प्राकृतिक रुपमा फर्काउने गरी काम...

खोलानाला अतिक्रमणले डुब्यो धनगढी ! (फोटो फिचर)

धनगढी : हरेक वर्षायाममा सुदूरपश्चिमको धनगढी डुबानमा पर्दै आएको छ। यसपल्ट पनि वर्षा शुरु भएसँगै मंगलबार र बुधबार राति दुई दिन परेको सामान्य वर्षाले समेत धनगढी जलमग्न बनेको छ।धनगढीका अधिकांश वडा र विभिन्न टोल तथा सडक वर्षाका कारण डुबानमा परेका छन्। धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवतजावतमा पनि समस्या उत्पन्न भएको छ।विगत चार वर्षयता मुख्य बजारको यो क्षेत्र सामान्य वर्षामा पनि जलमग्न हुँदै आएको छ। पछिल्ला वर्षमा खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको यहाँका स्थानीय बासिन्दा

लगातारको भारी वर्षाले धनगढी जलमग्न

लगातारको वर्षाले धनगढीको विभिन्न स्थान  जलमग्न भएका छन् । धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवत-जावतमा समस्या उत्पन्न भएको छ । प्रदेशसभा सचिवालय अगाडिकै सडक पार्क मोड आसपासका पसलभित्र पानी पसेको छ।पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न भएको हो ।धनगढीमा निर्माणाधीन अवस्थामा रहेको  सडकमा पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । विगत चार वर्षयता मु

वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनाैँ बढी …

खोलानाला अतिक्रमणले सँधै डुब्छ धनगढी

बुधवार बिहान परेको वर्षाले एक छिनमै धनगढीका बिभिन्न ठाउँ जलमग्न भए। यस वर्षको वर्षातमा मात्र धनगढीका अधिकाशं वस्ती, सडक, मुख्य बजार क्षेत्र ४,५ पटक डुवानमा परिसके। खोला नाला पुरै अतिक्रमण गरिएकोले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी वर्षा हुने बित्तिकै डुव...

लगातारको वर्षाले धनगढी जलमग्न

गए रातिदेखि परेको लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी धनगढी –३ को विशालनगर, मिलनचोक, शिवनगर,  वडा नं. २ को शिखर टोल, पुरानो भन्सार कटान गाउँको दक्षिण पट्टीको बस्ती, वडा नं. ४ को उत्तरबेहडीलगायत बस्ती जलमग्न भइ स्थानीयको जनजीवन प्रभावित बनेको हो ।     जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै वडा नं. १४ र १९ का १० घरपरिवार डुबानमा परी प्रभावित भएपछि सशस्त्र प्रह...

मुसलधारे वर्षाले जलमग्न धनगढी (फोटो फिचर)

धनगढी : सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा बिहीबार बिहान वर्षा हुँदा सयौँ घर डुबानमा परेका छन्।धनगढीको मुख्य सडक चौराहदेखि पार्कमोडसम्मको सडक जलमग्न भएको छ। सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ भने पसलभित्र पानी पसेको छ।यस्तै, सुदूरपश्चिम प्रदेश सभा सचिवालयको प्रवेश गेट अगाडी ठुला मात्रामा पानी जमेको छ। निर्माणाधिन अवस्थामा रहेको चटकपुरबाट क्याम्पस रोडसम्मको सडक पनि जलमग्न भएको छ। नाली निर्माण भइरहेकाले सडकमा पानी निकास नहुँदा यात्रा गर्न कठिनाइ भएको छ। सो सडकका कारण त्यस क्षेत्रका घरह

मुसलधारे पानीले धनगढी जलमग्न

कैलाली । धनगढीमा आज बिहान भएको वर्षाले अधिकांश क्षेत्र जलमग्न भएका छन् । मुख्य सडकहरु नै जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ भने विभिन्न बस्तीमा पानी वसेको छ । सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराहलगायतका क्षेत्र जलमग्न भएका हुन् । यस्तै वडा नं १, ३, ४ लगायतका वडाका केही घर तथा पसलमा पनि […]

असोजको वर्षाले जलमग्न धनगढी, फोटो

धनगढी : सोमबार राति परेको भीषण वर्षाका कारण धनगढीका अधिकांश स्थान डुबानमा परेका छन्। पानी निकास नहुँदा धनगढी उपमहानगरपालिकाको मुख्य सडक, एलएनचौक, विशालनगर, शिवनगर, हसनपुर लगायतका स्थान जलमग्न भएका हुन्।