काठमाडौं । प्रतिनिधिसभा विघटन भई अदालतमा परेको मुद्दामा सुनुवाइ चलिहेका बेला प्रदेश सभा पनि विघटन हुनसक्ने संकेतहरु देखिन थालेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने संकेत गरेकी छिन् ।