प्रदेशसभा पनि विघटन हुने संकेत

सत्तारुढ नेकपाका प्रचण्ड नेपाल समूह प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै आफ्नो पक्षका सभा सदस्यलाई संसदीय दलको नेता घोषणा गर्न थालेपछि सरकारले प्रदेशसभा पनि विघटन गर्नसक्ने संकेत दिएको छ ।

सम्बन्धित सामग्री

प्रदेशसभा विघटन हुनसक्ने मन्त्री तुम्बाहाङ्फेको संकेत

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान अनुसार प्रदेशसभा समेत विघटन हुनसक्ने संकेत गरेकी छन् । विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रदेशसभा र सरकारका क्षेत्राधिकार, ऐन र नियमावली भएको बताउँदै त्यसमा राष्ट्रिय राजनीतिको प्रभाव पर्न सक्ने बताइन् । यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भइसकेको छ । मन्त्री तुम्बाहाङ्फे वर्तमान सरकारले जनताको स्वास्थ्य सुरक्षा प्रमुख दायित्वमा राखी आवश्यक बजेट विनियोजन गरेको बताइन् । उनले मौलिक हकसम्बन्...