प्रदेशसभा विघटन हुनसक्ने मन्त्री तुम्बाहाङ्फेको संकेत

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान अनुसार प्रदेशसभा समेत विघटन हुनसक्ने संकेत गरेकी छन् । विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रदेशसभा र सरकारका क्षेत्राधिकार, ऐन र नियमावली भएको बताउँदै त्यसमा राष्ट्रिय राजनीतिको प्रभाव पर्न सक्ने बताइन् । यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भइसकेको छ । मन्त्री तुम्बाहाङ्फे वर्तमान सरकारले जनताको स्वास्थ्य सुरक्षा प्रमुख दायित्वमा राखी आवश्यक बजेट विनियोजन गरेको बताइन् । उनले मौलिक हकसम्बन्...

सम्बन्धित सामग्री

२६ जिल्लामा करिब ४ लाख घरपरिवार गरीब

काठमाडौं। देशका विभिन्न २६ जिल्लामा ३ लाख ९१ हजार ३८१ घरपरिवार गरीब रहेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको एक सर्वेक्षणले उक्त गरिबी देखाएको हो। ती जिल्लामा तालीम प्राप्त व्यक्तिहरु पठाई मन्त्रालयले सर्वोक्षण गरेको थियो। १२ लाख २४ हजार ४१७ घरपरिवारको सर्वेक्षण गर्दा करिब चार लाख घरपरिवार गरिब पाइएको हो।

Dekhapadhi

कोपोमिस कार्यान्वयन गर्न सहकारी विभाग असफल

सहकारी दर्तादेखि अनुगमनसम्म अनलाइनमार्फत गर्ने योजनासहित सुरु गरिएको सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) कार्यान्वयन गर्न सहकारी विभाग असफल देखिएको छ । वेबमा आधारित सफ्टवेयरका प्राविधिक समस्या र प्रयोग गर्न सहकारीलाई विश्वास लिएर कार्यान्वयन गर्न नसक्दा विभाग असफल भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतबाट सूचना प्रणाली कार्यान्वनयमा ल्याएको थियो […]

कारोबार दैनिक

ललिता निवासको जग्गामा बनेका घरको नक्सापास रोक्न संघीय मन्त्रालयलाई पत्र

बालुवाटारस्थित ललितानिवास क्यापभित्रको जग्गामा निर्माण हुने घर टरहाको नक्सापास रोक्का गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको छ

Shilapatra

मालपोत कार्यालयमा मन्त्री र ‘विचौलिया’को जम्काभेट

७ फागुन, विराटनगर । विराटनगरमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे शुक्रबार दिउँसो मालपोत र नापी कार्यालयको अनुगमनमा निस्किइन् । कार्यालय प्रमुखलाई जानकारी नदिई पुगेकी मन्त्रीले दुवै कार्यालयको व्यवस्थापन भद्रगोल अवस्थामा मात्र देखिनन्, मालपोत कार्यालयको मठ फाटमा ‘विचौलिया’सँग जम्काभेट भयो । छड्के अनुगमनमा पुगेकी मन्त्रीले मठ फाटमा ढड्डा पल्टाउँदै गरेका […]

अनलाइनखबर

सुकुम्बासीको हातमा पुर्जा दिन सरकार आतुर छ : मन्त्री तुम्बाहाङ्फे

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीको हातमा पुर्जा दिन सरकार

नयाँ पत्रिका

रूपन्देहीमा गरिब पहिचानका लागि तथ्यांक संकलन गरिँदै

रूपन्देहीमा गरिब घरपरिवार पहिचान गर्ने कार्य सुरु हुने भएको छ । संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत जिल्लामा गरिब घरपरिबार पहिचानको कार्य सुरु हुने भएको हो

Shilapatra

प्रधानमन्त्री कामचलाउ भइसकेको मन्त्री तुम्बाहाङ्फेको भनाई

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री कामचलाउ भइसकेको बताएकी छिन् । सोमबार बिहान विराटनरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङ्फेले संविधानअनुसार प्रधानमन्त्री कामचलाउ भएको कारण सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको बताएकी हुन् ।

Nepali Patra

सरकार काम चलाउ भइसक्यो : मन्त्री तुम्बाहाङ्फे

विराटनगर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सरकार काम चलाउ भइसकेको बताएकी छन्। विराटनरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रतिनिधिसभा नरहेको अवस्थामा वर्तमान सरकार काम चलाउ भइसकेको बताइन्। उनले संविधानअनुसार प्रधानमन्त्री कामचलाउ भएको का…

थाहा खबर