पुस २७, काठमडौं । सिटिजन्स बैंकले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले उक्त काउन्टर थप गरेको बैंकले बताएको छ ।
यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा कमलादी काठमाण्डौं, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा मा रहेको प्रिभिलेज काउन्टर बाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आईरहेको थियो ।
साथै, आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका १७४ ओटा शाखा, १२३ ओटा ए.टि.एम र ९० ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।