सिटिजन्स बैंकले काठमाडौंको कमलादीमा काउन्टर विस्तार गरेको छ ।
यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउण्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
अब कमलादीमा पनि आफ्नै भवनबाट विशेष बैंकिङ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ११३ वटा शाखारहित बैंकिङ इकाईहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।