काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकलाई छिटोछरितो झन्झटमुक्त र विशिष्टीकृत सेवा दिने उद्देश्यले थप चार स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर एवं बिर्तामोड शाखा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको हो । यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादी काठमाडौंमा रहेको प्रिभिलेज काउन्टरबाट ग्राहकलाई विशेष बैंकिङ सेवा दिँदै आएको थियो ।