काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकलाई विशिष्टीकृत सेवा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटीपथ, काठमाडौं तथा कमलादी, लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर, बिर्तामोड शाखा र प्रदेश २ को राजविराज शाखामा प्रिभिलेज काउन्टरबाट ग्राहकलाई विशेष बैंकिङ्ग सेवा दिँदै आएको थियो । आगामी दिनमा अन्य प्रदेशमा समेत यस्ता थप विशेष बैंकिङ सेवा विस्तार गर्ने योजना रहेको बैंकले बताएको छ । हाल बैंकले १७४ शाखा, १२३ एटीएम र ९० शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।