सर्लाही – सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुकादेवी काफ्ले फेरि नेकपा एमालेमा फर्किनुभएको छ ।
आफू नेकपा एमालेबाटै उपमेयरमा निर्वाचित भएकाले फेरि एमालेमा नै फर्किएको काफ्लेले बताउनुभयो । नेकपा अलग भएर फेरि एमाले र माओवादी केन्द्र बनेपछि उहाँले नेकपा एकीकृत समाजवादी रोज्नुभएको थियो ।
एमालेमा फर्किनेमा उपमेयर काफ्लेसहित नगर कार्यपालिका सदस्य सुनैनादेवी चौधरी र लक्ष्मी कुँवर रहनुभएको छ ।
पुरानै पार्टीमा फर्किएका तीनै जनालाई एमाले महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गराउनुभएकाे ए...