रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको उपमेयर पदका लागि नेकपा एमालेमा विवाद देखिएको छ । गत चैत २५ गते उम्मेदवार छनोटका लागि बसेको नगरपालिका कमिटीको बैठकमा उपमेयर पदका लागि तीन जनाको दाबी परेको थियो । उपमेयर पदको लागि बिन्दा बराल घिमीरे, तारा रैकामगर र सीता कुमारी खत्रीले दाबी गरेका हुन् । यद्यपि जिल्ला कमिटी रामेछापको निर्णय अघि नै कमिटी अध्यक्ष आनन्द श्रेष्ठको ठाडो निर्देशनमा जिल्ला कमिटी उपसचिव होतराज ढकालले सीताकुमारी केसीलाई सर्वसम्मतको ट्याग लगाइदिएपछि विवाद उत्पन्न भएको हो ।विवादका