बिहीबारबाट उपमेयर कप

दोस्रो संस्करणको उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।...

सम्बन्धित सामग्री

पाँचौं उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्टलाई

२५ मंसिर, बुटवल । पाँचौ तिलोत्तमा उपमेयर कप रनिङशिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ हाइ स्कूल बुटवलले जितेको छ । तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाइ स्कुलको खेल मैदानमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कुंवरवर्ती बोर्डिङ स्कूललाई ३–१ को सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो । प्रतिष्पर्धात्मक खेलमा एभरेष्टले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ […]

बैतडीमा आजदेखि उपमेयर कप हुँदै

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदै छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले गर्नुहुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । उद्घाटन […]

अर्घाखाँचीमा उपमेयर कप क्रिकेट प्रतियोगिता

तेस्रो उपमेयर कप क्रिकेट प्रतियोगिता आजबाट  सुरु भएको छ । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका हुन् । अर्घाखाँची क्रिकेट संघको व्यवस्थापन र सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका खेलाडीहरूको सहभागिता छ ।प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख भुसालले खेलकुद क्षेत्रको विकास जहिले पनि आफ्नो प्राथमिकतामा परेको बताए । खेल क्षत्रले नै अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको बताउँदै भुसालले आगामी दिनमा देशको नाम

उपमेयर कप राष्ट्रिय लिग : धनगढी र ललितपुर छनोट

धनगढी उपमहानगरपालिका कैलाली र ललितपुर महानगर पालिका उपमेयर कप राष्ट्रिय लिग २०७८ को लागि छनोट भएका छन् । शुक्रबार भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा गौरीगंगा नगरपालिका कैलालीलाई ४–० ले पराजित गर्दै...

गौरीगन्ज उपमेयर कप छनोटको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– गौरीगन्ज नगपालिका उपमेयर कप उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४–० ले हराउँदै गौरीगन्ज अघिल्लो चरणमा पुगेको हो । गौरीगन्जको जितमा मंजली कुमारी योन्जन, गंगाकुमारी चौधरी, प्रतीक्षा चौधरी र ललिताकुमारी भाटले गोल गरेका थिए । दोस्रो खेलमा पहिलो जित निकालेपछि […]

उपमेयर कप छनोटमा भक्तपुरको सान्त्वना जित

९ कात्तिक, काठमाडौं । राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले सान्त्वना जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा भत्तपुरले स्याङ्जाको पुतलीबजार नगरपालिकामाथि ८–१ गोलको फराकिलो जित निकालेको हो । भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन […]

भोलिदेखि उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल

काठमाडौँ– उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको हो । पहिलो दिन तीन खेल आयोजना हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच […]

उपमेयर कप फुटबलमा  हुम्लाका महिला पनि सहभागी हुने

उपमेयर कप फुटबल प्रतियोगितामा हुम्लाका महिलाले पनि सहभागिता जनाउने भएका छन् । ४ कात्तिक ०७८ मा काठमाडौंमा सुरु हुने उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन हुम्लाका महिला अहिले प्रशिक्षण लिइरहेका छन् ।...

उपमेयर कप महिला फुटबलमा हुम्ला सहभागी हुने

सिमकोट – काठमाडौँमा आगामी कार्तिक ४ गतेबाट हुने उपमेयर कप महिला फुटबल प्रतियोगितामा हुम्लाका खेलाडी सहभागी हुने निश्चित भएको छ। राष्ट्रिय महिला फुटबलामा हुम्लाका खेलाडीले पहिलोपटक सहभागिता जनाउने भएको हो। यहाँका खेलाडीहरुको मागअनुसार प्रतियोगितामा सहभागिता जनाउन एन्फामा टीमसमेत दर्ता गरिएको छ। खेलाडी सपुरा रोकायाले पहिलोपटक हुम्लाबाट उपमेयर कप फुटबलमा सहभागिता जनाउन लागिएको बताइन्। पुरुषहरुले समेत […]

धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा सहभागिता हुने

‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई  सहभागिता गराउने भएको छ । मेयर तिलक राईको सभापतित्वमा शनिबार बसेको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिम सहभागिता गराइने निर्णय गरेको हो । छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरि इच्छुक महिला खेलाडीहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । साथै, धरानका विभिन्न वडाम