विराटनगरका मेयर र उपमेयर कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विराटनगर महानगरपालिकाका मेयर र उपमेयर केन्द्रीय सदस्यमा उम्मेदवार हुने भएका छन् । मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मेयर पराजुलीले संस्थापन पक्षबाट उम्मेदवारी दिने बताएका छन् भने उपमेयर कार्कीले संस्थापनइतर समूहबाट उम्मेदवारी दिने भएकी छन् । मेयर पराजुली केही दिनअघि मात्रै संस्थापन पक्षमा गएका थिए । मोरङ जिल्ला अधिवेशनदेखि उनी संस्थापन समूहमा लागेका हुन् । खसआर्य कोटाबाट उम्मेदवारी दिने उपमेयर कार्कीले बताएकी छन् । मेयर र उप...

सम्बन्धित सामग्री

कोहलपुरको मेयर–उपमेयर दुवैमा कांग्रेस विजयी

बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा पूर्णप्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदी विजयी भएकी हुन् ।  आचार्यले १४ हजार एक सय ३४ मत...

ललितपुरको महालक्ष्मीमा मेयर एमाले र उपमेयर कांग्रेस विजयी

७ जेठ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा हरि गोविन्द श्रेष्ठ र उपमेयरमा लक्ष्मी महर्जन विजयी भएका हुन् । मेयर उम्मेदवार हरि गोविन्द श्रेष्ठ ९ हजार ३५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत पाए । […]

सर्लाहीकाे मलंगवा नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

सर्लाही। सर्लाहीको मलंगवा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मलंगवा नगरपालिकाको मेयरमा कांग्रेसका नागेन्द्रप्रसाद यादव ९ हजार ७८ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का निरसल शाहले ४ हजार ६ सय ३९ मत प्राप्त गरेर पराजित हुनुभएको छ। सोही नगरपालिकाको उपमेयरमा […]

सर्लाहीमा हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

सर्लाही । सर्लाहीकाे हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार विनोद कुमार शाह तेली विजयी हुनुभएको हो । शाहले ५ हजार ९९ मत प्राप्त गरेर मेयरमा विजयी हुनुभएको छ । उपमेयर पदमा पनि नेपाली कांग्रेसकी सुमित्रा देवी ग्वारनी ४ हजार ३ […]

बर्दियामा गुलरिया नगरपालिकाकाे मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गुलरिया नगरपालिकाको मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सबित्रा गौतम विजयी भएका हुन् । मेयरमा विजयी यादवले ७ हजार ९८९ मत पाउनुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाउनुभएकाे हाे । […]

पुतलीबजारको मेयर र उपमेयर दुवैमा कांग्रेस उम्मेदवार विजयी

३ जेठ, वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा तुलसीराम रेग्मी र उपमेयरमा देवी अर्याल निर्वाचित भएका हुन् । रेग्मीले २ हजार ४०४ मत अन्तरले निवर्तमान मेयर समेत रहेकी नेकपा एमालेका उम्मेदवार सीताकुमारी क्षेत्रीलाई पराजित गरे । उनले १२ हजार ४९४ मत ल्याउँदा क्षेत्रीले […]

काठमाडौंको तारकेश्वर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी विजयी भएका हुन् । महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले ७ हजार ८०८ मत प्राप्त गरेर पराजित हुनुभएको हो।कांग्रेसबाट विजयी उपमेयर उम्मेदवार […]

दक्षिणकाली नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएकाे छ। मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको भएको हाे। उहाँले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गर्नुभएको छ। मेयर मोहन बस्नेतले ७ हजार २ सय १ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। एमालेका उम्मेदवार श्रीराम आचार्यले […]

हेटौंडाको मेयरमा उठ्न उपमेयर लामाको राजीनामा

हेटौंडा : मेयरको टिकट पाएपछि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले पदबाट राजीनामा दिएकी छिन्। लामालाई नेकपा एकीकृत समाजवादीले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा उठाउने भएको छ। शनिबार समाजवादीले लामालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले उपमेयर पदबाट राजीनामा दिएकी हुन्। लामाले मेयर हरिबहादुर महतसमक्ष राजीनामा बुझाइन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली कांग्रेस-माओवादी केन्द्रको गठबन्धनका

पोखरा महानगरकाे मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराउन कांग्रेसकाे आह्वान

कास्की - नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । महानगर समितिको सचिवालयले हिजाे सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको हो । आज ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकाङ्क्षी आफैँ उपस्थित भइ नाम दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवा...