हंसपुर नगरपालिकाकी उपमेयर जसपामा प्रवेश

धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन् । मंगलबार उपमेयर झालाई जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । झा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । जसपा नेपाल विभाजन हुँदा उपमेयर झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेकी थिइन् ।तत्कालिन राजपा नेपालबाटै निर्वाचित हंसपुर नगरपालिकाका मेयरमा रामज्ञान मण्डलसँग लामो समयदेखि असन्तुष्टि रहँदै आएको थियो ।  स्थानीय तहक