हेटौँडा । गाई काट्ने १० जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।आइतबार साँझ मकवानपुर बकैया गाउँपालिका ११ स्ववि भन्ने स्थानमा गाई काटेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हात्तिसुँडे मकवानपुरबाट गएको प्रहरी टोलीले गाई काटेर भाग लगाई रहेको अवस्थामा १० जनालाई पक्राउ गरेको जिल्ला प्रहर कार्यालय मकवानपुरले जनाएको छ ।