खेल पदाधिकारी नियुक्त गर्न अध्यादेश

प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र सदस्य बर्खास्तीका लागि लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधनको तयारी गरेको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा खेलकुद विकास ऐन, २०७८ संशोधन गर्ने निर्णय गर्दै अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । अध्यादेश जारी भएपछि सरकारलाई प्रदेश खेलकुद परिषद्मा पदाधिकारी र सदस्य नियुक्त गर्ने बाटो खुल्ने छ ।

सम्बन्धित सामग्री

डेढ वर्षअघिको अध्यादेश र नियुक्तीबारे संवैधानिक पदाधिकारीहरु दुई कित्तामा

सर्वोच्च अदालतले बेलैमा सुनुवाइ नगर्दा लामो समयदेखि अल्झिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तीसम्बन्धी मुद्दालाई दुवै पक्षले अहिले पनि प्रतिष्ठाको विषय बनाउन खोजेको देखिन्छ ।

संवैधानिक निकायका ५२ पदाधिकारी वैध

ओली नेतृत्वको तत्कालीन सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्त गरेको थियो। अध्यादेश ल्याएर संवैधानिक निकायमा गरिएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्...

संवैधानिक निकायमा नियुक्ति मुद्दाः काम थालेको एक वर्षपछि सुनुवाई सुरु

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेश जारी गरी संवैधानिक निकायहरूमा गरेका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि एक वर्षपछि सुनुवाइ सुरु भएको छ। ओली सरकारले अध्यादेशमार्फत राष्ट्रिय मानवअधिकार आयोग,अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेपछि त्यसविरुद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन छ। मुद्दा परेको एक वर्षपछि शुक्रबार सुनुवाइ […]

संवैधानिक निकायमा नियुक्ति मुद्दाः काम थालेको एक वर्षपछि सुनुवाइ सुरु

ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेपछि त्यसविरुद्ध सर्वोच्चमा परेको मुद्दामा एक वर्षपछि शुक्रबार सुनुवाइ सुरु भएको छ ।...

कर्णालीमा लोकसेवासम्बन्धी अध्यादेश जारी

सुर्खेत : प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवासम्बन्धी अध्यादेश जारी गरेका छन्।प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मंगललबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन्। प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो। प्रदेशसभा अधिवेशन बोलाउने टुंगो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो।प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएक

नागरिकता र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा सर्वोच्चको विभेद किन?

तुलनात्मक रूपले हेर्दा नागरिकताभन्दा संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विषय 'तत्काल आवश्यक' पनि देखिन्न। यो खाली आफ्नो अनुकूलका संवैधानिक पदाधिकारी नियुक्त गर्न ल्याइएको अध्यादेश भनेर आलोचित छ। प्रधानमन्त्री ओलीसँगै प्रधानन्यायाधीश जबरा पनि आलोचित छन्।

फेरि आयो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

काठमाडौं। सरकारले संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुनःल्याएको छ। संवैधानिक परिषदको (काम कर्तव्य अधिकार र कार्यविधि)को यो दोस्रो अध्यादेश हो। यसअघि गत मंसिरमा अध्यादेश ल्याई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस, प्रचण्ड–माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेपछि अध्यादेश पेस गरेको थिएन्।

संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश पनि स्वीकृत

काठमाडौँः संवैधानिक परिषदको गणपुरक संख्या घटाउनसम्बन्धी अध्यादेश पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ। अध्यादेश स्वीकृत भएमा अब तीनभन्दा बढी सदस्यको निर्णयबाट पनि पदाधिकारी नियुक्त हुन सक्नेछन्। मन्त्रिपरिषदको सोमबारको बैठकले अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो। हालको संवैधानिक व्यवस्था अनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका