त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी हुने तस्करीको सुन र सनम शाक्य हत्या काण्ड छानबिन गर्न बनेको सरकारी विषेश समितिले अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाएको छ। टोलीले विमानस्थलबाट हुने सुन तस्करीका साथै विभिन्न पक्षका सुधारका पाटालाई केलाएर सरकारलाई सुझावसहित छानबिन प्रतिबेदन बुझाएको हो ।