विराटनगर । सनम शाक्य हत्याकाण्ड र सोही घटनासँग जोडिएको ३८ क्वीन्टल सुन तस्करी मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । जिल्ला अदालतले २८७ पृष्ठको पूर्णपाठ सार्वजनिक गरेको हो ।गत असोज १९ गते सुन तस्करी मुद्दामा पक्राउ परेका आरोपीहरुलाई अदालतले सफाई दिएको थियो । तर शाक्य हत्या अभियोगमा आठ जनालाई भने अदालतले दोषी ठहर गरेको थियो । आठ जनामध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।न्यायाधीश भरत लम्सालको इजलासले मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित