सुक्खा लागेसँगै जंगल र चुरे छेउछाउका बस्ती डढेलोको त्रासमा

सर्लाही : सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे र जंगल आसपासका बासिन्दा डढेलोको त्रासमा परेका छन्। सुक्खा र हावाहुरीको मौसममा जिल्लाको चुरेभेगका जंगलमा भीषण डढेलो लाग्ने गरेको छ।जिल्लाको उत्तरी चुरे क्षेत्र र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका विभिन्न सरकारी र सामुदायिक वन तथा सागरनाथ वन विकास परियोजना, घुर्कौली, मूर्तिया वन क्षेत्रमा पनि वर्षेनि डढेलो लाग्ने गरेको स्थानीयले बताएका छन्। केही दिनअघि मूर्तिया, लालबन्दी, घुर्कौली, धरहरा वन क्षेत्रमा आगलागी भएको छ।वसन्त ऋतु सुरु भएसँगै

सम्बन्धित सामग्री

सिर्सिया नदी र चुरे संरक्षणको माग गर्दै माइतीघरमा धर्ना

काठमाडौं : सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन र चुरे वन जंगल संरक्षणको माग गर्दै माइतीघरमा अभियन्ताहरुले धर्ना दिएका छन्। चुरे अभियन्ता सुनिल यादवको नेतत्वमा संरक्षणकर्मीहरु वीरगंजदेखि काठमाडौंको माइतीघरसम्म आएर धर्नामा बसेका हुन्। धर्नामा बसेकाहरुले सिर्सिया नदीलाई अतिक्रमण मुक्त र प्रदूषण मुक्त बनाउन माग गरेका थिए। यस्तै, चुरे क्षेत्रको संरक्षणमा पनि…

चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष यादवले थाले अनशन

१७ चैत, जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादव आमरण अनशन बसेका छन् । पाँच सुत्रीय मागसहित फागुन ११ देखि जनकपुरधामको जनकचोकमा अभियानका कार्यकर्ता धर्ना बसेका थिए । तर सरकार मागप्रति उदासिन रहेको भन्दै अध्यक्ष यादवले शुक्रबारदेखि आमरन अनशन सुरु गरेका हुन् । ‘बिगतदेखि नै देशमा आफू मर्दैन वा अरुलाई मार्दैन […]

चुरे तथा वन जंगल संरक्षण अभियानद्वारा आन्दोलनको घोषणा

८ फागुन,  जनकपुरधाम  चुरे तथा वन जंगल संरक्षण अभियानले पाँच सुत्रीय मागसहित आन्दोलनको घोषणा गरेको छ । अभियानले फागुन ११ देखि अनिश्चितकालिन धर्नादिने घोषणा गरेको हो । खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा महतोलाई पर्यावरणीय शहिद घोषणा गर्नुपर्ने सहित अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, विगतमा मधेश सरकारले गरेको ७ बुँदे […]

मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुते चुरे अभियन्ता

जनकपुरधाम : चुरे वन जंगल संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्। गत १२ दिनदेखि रिले अनशनमा बसेका चुरे वन जंगल संरक्षण भूमिहीन सुकुम्बासी अभियन्ताहरुले आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै आइतवार मुख्यमन्त्री कार्यालय कार्यालय अगाडिकै सडकमा सुतेर प्रदेश…

चुरे संरक्षणका लागि आन्दोलनको घोषणा

चुरे तथा वन जंगल संरक्षण अभियानले चुरे संरक्षण सहितका माग राख्दै आन्दोलनको घोषणा गरेको छ । शनिवार एक पत्रकार सम्मेलन आयोजना गरी चुरे अभियन्ताहरुले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने, तराई मधेशका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमि अधिकार दिनुपर्ने र नक्कली भूमिहीन दलित सुकुम्बासीहरू, आयोग तथा स्थानीय तहद्वारा भइरहेको चुरे वनजंगल मास्ने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका

चुरे क्षेत्रमा गाँजा फडानी

सिराहाको उत्तरी क्षेत्रमा पर्ने लहान नगरपालिका १६ तरेगना गोविन्दपुरको चुरे जंगल क्षेत्र नजिकै प्रहरीले मंगलबार बिहान करिब आठ सय बोट गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।  इलाका प्रहरी कार्यालय...

चुरे संरक्षणको माग गर्दै आमरण अनशन बसेका अभियन्ताको स्वास्थ्य अवस्था गम्भीर

चुरे क्षेत्रका वन जंगल संरक्षणको माग राख्दै दुई जना चुरे अभियन्ता करिब एक सातादेखि आमरण अनशन बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भए पनि माग सुनुवाई हुन सकेको छैन ।चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी राय र चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादव जनकपुरधामस्थित जनक चोकमा आमरण अनशनमा बसेका हुन् । अनशनकारीहरुले सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्यानको जग्गा फिर्ता हुनुपर्ने सहित ५ सूत्रीय माग राखेका छन् ।तराई मधेसको लाइफलाइन

पाँच सुत्रीय माग  राख्दै चुरे अभियन्ता आमरण अनशनमा

चुरे तथा वन जंगल संरक्षण अभियानका दुई अभियन्ता  विभिन्न पाँच सुत्रीय   माग राख्दै आमरण अनशनमा बसेका छन् ।  सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्ने लगायत विभिन्न...

चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग

जनकपुरधाम : सरकारले चुरे संरक्षणको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको भए पनि वन जंगल र खोला किनार अवैध रुपमा खुल्ने गरेका क्रसर उद्योगको कारण चुरे संरक्षणमा चुनौती बन्दै गएका छन्।धनुषा र महोत्तरीको सिमानामा रहेको रातु खोला किनारमा मात्रै वरिपरि गरी ५ वटा क्रसर उद्योग अवैध रूपमा सञ्‍चालनमा छन्। अवैध रुपमा बालुवा, गिट्टी उठाउने गरेका कारण वन जंगल विनास भइरहेको छ।सरोकारवाला निकाय यसलाई रोक्नको लागि गम्भीर नेदेखिएका कारण समस्या बढ्दै गएको छ। वन विनास अत्यधिक रुपमा बढेको छ भने क्रसर उद्योगले जथा

चुरे क्षेत्रमा भीषण आगलागी, जंगल सखाप हुने चिन्ता

दिनेश रैदास, दाङ । लमही नगरपालिका वार्ड नं ७ को उचानिम्बु देखि सिधै उत्तरमा रहेको संवेदनशील चुरे क्षेत्रमा भिषण डढेलो लागिरहेको छ । फाल्गुनको अन्तिम साता भएता पनि प्रचन्ड गर्मी र हावाहुरीको अवस्थाको मौसम छैन । तर शान्त मौसममा पनि यसरी बनमा डढेलो लाग्नु वन्यजन्तुको अवैध चोरीशिकारी तथा घाँस दाउरा जाने र पशु चौपाया जंगलमा चराउन जानेहरुको लापरवाहीको कारण खासगरी चुरोट बिडी सल्काउँदा डढेलो लागेको हुन सक्ने अनुमान गरिएको छ। उक्त चुरे क्षेत्र वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय लमही तथा सरोकावाला सामुदायिक वन उपभोक्ता समुहहरुको कुनै भूमिका नदेखिएको दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका प्रवक्ता महेश रिजालले आक्रोस प्रकट गर्दै प्रतिक्रिया दिनु भएको छ।