दिनेश रैदास, दाङ ।
लमही नगरपालिका वार्ड नं ७ को उचानिम्बु देखि सिधै उत्तरमा रहेको संवेदनशील चुरे क्षेत्रमा भिषण डढेलो लागिरहेको छ । फाल्गुनको अन्तिम साता भएता पनि प्रचन्ड गर्मी र हावाहुरीको अवस्थाको मौसम छैन ।
तर शान्त मौसममा पनि यसरी बनमा डढेलो लाग्नु वन्यजन्तुको अवैध चोरीशिकारी तथा घाँस दाउरा जाने र पशु चौपाया जंगलमा चराउन जानेहरुको लापरवाहीको कारण खासगरी चुरोट बिडी सल्काउँदा डढेलो लागेको हुन सक्ने अनुमान गरिएको छ।
उक्त चुरे क्षेत्र वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय लमही तथा सरोकावाला सामुदायिक वन उपभोक्ता समुहहरुको कुनै भूमिका नदेखिएको दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका प्रवक्ता महेश रिजालले आक्रोस प्रकट गर्दै प्रतिक्रिया दिनु भएको छ।