काठमाडौं, २२ जेठ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टी सदस्यले मनपरी मनपरी बोल्न नपाइने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “पार्टी स्थायी समिति सदस्य घनश्याम भुसालले हिमालय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सौराहा काण्ड भन्ने शब्द प्रयोग गर्नुभएको छ […]