जनकपुरधाम : एक महिनादेखि ‘ड्रायरन’ गरिरहेको जनकपुर–जयनगर रेल अब महिनाको १५ दिन मात्र चल्ने भएको छ। खर्च थेक्न नसकेकाले एक दिन बिराएर रेल सञ्चालन गर्न लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार बुधबारसम्म १० लाख ५० हजार रूपैयाँ खर्च भएको र ३ हजार ३८० लिटर डिजल खपत भएको महाप्रबन्धक झाले जानकारी दिए। गत फागुन १ देखि दिनमा एकपटक यात्रुविना जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल ड्रायरन (तयारीको लागि सञ्चालन) भइरहेको छ। तर‚ नियमि