देशको चालु खाता रु.४६२ अर्ब ९३ करोडले घाटामा रहेको जानकारी सहित राष्ट्र बैंकले चालु खाता एवम् शोधनान्तर स्थितिबारे जानकारी दिएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारेको ८ महिने समीक्षा रिपोर्टमा यसबारे जानकारी दिइएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।समीक्षा अवधिमा प