मुलुकको चालु खाता घाटा बढेर तीन खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार मुलुकको चालु खाता घाटा तीन खर्ब ६९ करोड रुपैयाँ पुगेको हो । यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा जम्मा २३ अर्ब रुपैयाँ मात्र थियो । राष्ट्र बैंकका अनुसार यस्तो चालु खाता घाटा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।