काठमाडौं। नेपाल राष्ट्र बैंकले गत मंसिर महिनासम्म चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता यसवर्षको मंसिरसम्म २९ करोड ७२ लाखले घाटामा रहेको छ।