चालु आर्थिक वर्षको छ महिनामा मुलुकको चालु खाता घाटा बढेर ३५० अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आ.व.को छ महिनाको वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा ४५.७० प्रतिशतले चालु खाता घाटा वृद्धि हुँदै ३५० अर्ब ७ करोड रुपैयाँ पुगेको हो । यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा ५१ अर्ब ६८ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।बैं