काठमाण्डाै – गएको आर्थिक वर्ष २०७८/०७९ मा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो वर्ष चालु खाता तीन खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको चालु खाता गएको वर्ष पाँच अर्ब १७ करोड रुपैयाँले घाटामा रहेको छ ।
यस्तै प्रत्यक्ष वैदेशिक लगानी झन्डै ५ प्रतिशतले घटेर १८ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । गएको वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रुपैया...