चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा राज्यको चालु खाता रु २९३ अर्ब ९७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको छ ।यसैगरी समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई रु १४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई रु १६ अर्ब २० करोड क