चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा मुलुकको चालु खाता घाटा बढेर २ खर्ब २३ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चार महिना (साउनदेखि कार्तिकसम्म) को फाइनान्सियल रिपोर्ट अनुसार मुलुकको कुल चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा मुलुकको चालु खाता १९ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेकोमा चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रह