सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ साउन मसान्तसम्म २ करोड ७३ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ साउन मसान्तसम्म २ करोड ७३ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । असार मसान्तसम्म ८ करोड १५ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको कम्पनी साउनमा भने नोक्सानीमा गएको हो ।  साउनमा योजनाको आम्दानी ऋणात्मक बन्दा नोक्सानी व्यहोर्नु परेको हो । असार मसान्तसम्म १० करोड ३८ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाको यो आम्दानी साउन मसान्तसम्म भने २ करोड ५२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । खर्च रकम भने उल्लेख्य मात्रामा घटेको छ । असार मसान्तसम्म २ करोड २२ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले साउन मसान्तसम्म भने २१ लाख रुपैयाँभन्दा बढी मात्र खर्च गरेको हो । बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड इकाई जारी गरेको थियो । साउन मसान्तसम्म योजनाको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ४७ पैसा छ । असार मसान्तसम्म यो मूल्य १० रुपैयाँ ६९ पैसा थियो । यस अवधिसम्म योजनाले धितोपत्र र बैंक मुद्दती निक्षेपसमेत धितोपत्र दलाल कमिसनसहित गरेको लगानीको परल मूल्य १ अर्ब २१ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । योजनाको धितोपत्रमा भएको लगानी मूल्य भने ८ करोड ३० लाख रुपैयाँ बैंक मुद्दती निक्षेपसमेत १ अर्ब ८ करोड ९८ लाख रुपैयाँ मात्र छ ।  

सम्बन्धित सामग्री

सिद्धार्थ इक्वीटी फण्ड साउन मसान्तसम्म करीब ३ करोड नोक्सानीमा

काठमाडौं । सिद्धार्थ इक्वीटी फण्ड साउन मसान्तसम्म २ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । असार मसान्तसम्म ७ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजना साउन मसान्तसम्म भने नोक्सानीमा गएको हो ।  असार मसान्तसम्म योजनाले १० करोड ३७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा साउन मसान्तसम्म २ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी ऋणात्मक छ । खर्च भने असार मसान्तसम्म २ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेकोमा साउन मसान्तसम्म २ करोड ५८ लाख रुपैयाँभन्दा बढी भएको हो । बन्दमुखी प्रकृतिको यस योजनाले साउन मसान्तसम्म धितोपत्रमा गरेको लगानी धितोपत्र दलाल कमिसनसहित १ अर्ब ५३ करोड ८२ लाख ४ हजार रुपैयाँ छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने लागत मूल्यभन्दा कम छ । योजनाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बजार मूल्य भने १ अर्ब २५ करोड ३४ लाख रुपैयाँभन्दा बढी मात्र छ । यस योजनाको प्रतिइकाई खुद मूल्य असार मसान्तसम्म १० रुपैयाँ ५३ पैसा रहेकोमा साउन मसान्तसम्म घटेर १० रुपैयाँ ३४ पैसा कायम भएको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सरकारले असारमा बाँड्यो साढे २ करोड सहायता, राष्ट्रपतिले लिए ५५ लाख

१८ साउन, काठमाडौं । नेपाल सरकारले असार महिनामा मात्र २ करोड ४० लाख ४९ हजार रुपैयाँ ‘आर्थिक सहायता’का रुपमा वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार असार २०८० मा सो रकम राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा खर्च भएको ५५ लाख २ हजार रुपैयाँसहित हो । राष्ट्रपतिको स्वास्थ्य परीक्षणका लागि भारत जाँदा उठेको उक्त रकम मन्त्रिपरिषद्को १२ […]

राष्ट्र बैंकले १ वर्षको लागि ४१ करोड मुद्दति निक्षेपमा लगानी गर्दै

काठमाडौं, १० साउन। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ। केन्द्रीय बैंकले उक्त रकम साउन १६ गते देखि २०८१साउन ११गतेसम्मका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो। बैंकले उक्त रकम वाणिज्य बैंकमा ३२करोड ८०लाख, विकास बैंकमा ६करोड १५लाख रुपैयाँ र वित्त कम्पनीमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

२ करोड ६१ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले नक्सालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका ब्रजेश उपाध्याय हुन् । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उनलाई २ करोड ६१ लाख बिगो रकम जाहेरवाललाई भराउन र सो बराबरको रकम जरिवाना तिराउने फैसला गरेको छ । २०७९ साउन २३ मा भएको सो फैसलापछि उनी फरार थिए । प्रतिवादीलाई पक्राउ गरेर ललितपुर जिल्ला अदालतमा पेश गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

साउन महिनामा ६ अर्बको भटमास तेल आयात

चालू आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब रुपैयाँभन्दा बढीको भटमास तेल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा उक्त मूल्य बराबरको भटमास तेल आयात भएको हो ।यसअवधिमा, २ करोड ६० लाख लिटर कच्चा भटमास तेल भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, आयातकर्ताले उक्त परिमाण बराबरको तेल आयात गर्दा राज्यलाई १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजश्व बुझाएका छन् ।यसअवधिमा नेपालले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इटाली, भियतनाम, अमेरिका र भियतनामबाट कच्चा भटमास तेल भित्

कामपाले सिंहसत्तलको भाडा २ करोड तिर्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका सिंहसत्तलको भाडाबापत २ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । सकम तिर्न ताकेता गर्दै गुठी संस्थानले कामपालाई पत्र पठाएको छ । गुठी संस्थान काठमाडौंका प्रमुख आनन्द कर्माचार्यले लामो समयदेखिको बक्यौता तिर्न ताकेता गर्दै कामपालाई पत्र पठाएको हो । संस्थानले पछिल्लो पत्र साउन २० गते पठाएको हो । काठमाडौं प्रमुख कर्माचार्यले […]

एचआईडिसीएलको २ करोड ७८ लाख कित्ता शेयर साउन १५ देखि फेरि लिलाममा

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले साउन १५ गतेदेखि संस्थापक शेयर लिलाम गर्ने भएको छ ।  कम्पनीले यस अघिको लिलाममा बिक्रि नभएको २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।  यस लिलामीको शेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।   कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ । कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP' सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्। उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, - विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक ,  सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।कम्पनीले यस अघि असार ५ गतेदेखि असार १९ सम्म ३ करोड ३० लाख कित्ता शेयर लिलाममा ल्याएको थियो।  तर ५१ लाख ९० हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो ।  त्यस लिलामको कट अफ मूल्य १०० रुपैयाँ रहेको थियो ।  अर्थात् १०० रुपैयाँमा आवेदन दिनेले समेत शेयर पाएका थिए ।  अब भने त्यस समय आवेदन नपरेको  २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक शेयर लिलाममा आउने भएको हो । कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

साउन २० गतेदेखि केयु ह्याक फेष्ट, कुल पुरस्कार राशि २ करोड

साउन २० गतेदेखि २२ गतेसम्म केयु ह्याक फेष्ट २०२२ आयोजना हुने भएको छ । काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबले आयोजना गरेको उक्त ह्याकफेष्ट ३६ घण्टासम्म सञ्चालन हुनेछ ।  नेपालमै पहिलो पटक हाइब्रिड ढाँचा (अफलाइन र अनलाइन) मा केयु ह्याक फेष्ट सञ्चालन हुने लागेको विश्वविद्यालयको कम्प्युटर क्लब सचिव आयुष पोखरेलले बताए ।  यो अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हो ।...

बुटवलको ज्योतिनगरमा पहिरो नियन्त्रण गर्न साढे २ करोड बजेट

गत साउन र भदौमा बुटवलको ज्योतिनगरमा झरेको ठूलो पहिरो नियन्त्रणका लागि बजेट छुट्याइएको छ । बस्ती नै जोखिममा पारेको पहिरो व्यवस्थापनका लागि चुरे तिनाउ संरक्षण समितिले क्षेत्रगत रूपमा २ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको हो । बजेट ज्योतिनगर, लक्ष्मीनगर र पाखापानीकार लागि झरेको पहिरो नियन्त्रणमा खर्च गरिने छ । ज्योतिनगरका लागि १ करोड २५ लाख, लक्ष्मीनगरका लागि १ करोड ५ लाख र पाखापानीको लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । तिनाउ चुरे संरक्षण समितिका अध्यक्ष कमल गौतमले पहिरोले जोखिममा परेका बस्ती बचाउन रकम खर्चि...

असोजसम्म २ करोड खोप पक्काः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, साउन १९। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी उक्त मात्रामा खोप आउने सुनिश्चित भएको बताए । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै असोजसम्म २ करोड र माघसम्म ५ करोड २२ लाख खोप आउने सुनिश्चित […]