काठमाडौं । सिद्धार्थ इक्वीटी फण्ड साउन मसान्तसम्म २ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । असार मसान्तसम्म ७ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजना साउन मसान्तसम्म भने नोक्सानीमा गएको हो ।
असार मसान्तसम्म योजनाले १० करोड ३७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा साउन मसान्तसम्म २ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी ऋणात्मक छ । खर्च भने असार मसान्तसम्म २ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेकोमा साउन मसान्तसम्म २ करोड ५८ लाख रुपैयाँभन्दा बढी भएको हो ।
बन्दमुखी प्रकृतिको यस योजनाले साउन मसान्तसम्म धितोपत्रमा गरेको लगानी धितोपत्र दलाल कमिसनसहित १ अर्ब ५३ करोड ८२ लाख ४ हजार रुपैयाँ छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने लागत मूल्यभन्दा कम छ । योजनाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बजार मूल्य भने १ अर्ब २५ करोड ३४ लाख रुपैयाँभन्दा बढी मात्र छ । यस योजनाको प्रतिइकाई खुद मूल्य असार मसान्तसम्म १० रुपैयाँ ५३ पैसा रहेकोमा साउन मसान्तसम्म घटेर १० रुपैयाँ ३४ पैसा कायम भएको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्