गत साउन र भदौमा बुटवलको ज्योतिनगरमा झरेको ठूलो पहिरो नियन्त्रणका लागि बजेट छुट्याइएको छ ।
बस्ती नै जोखिममा पारेको पहिरो व्यवस्थापनका लागि चुरे तिनाउ संरक्षण समितिले क्षेत्रगत रूपमा २ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको हो ।
बजेट ज्योतिनगर, लक्ष्मीनगर र पाखापानीकार लागि झरेको पहिरो नियन्त्रणमा खर्च गरिने छ । ज्योतिनगरका लागि १ करोड २५ लाख, लक्ष्मीनगरका लागि १ करोड ५ लाख र पाखापानीको लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
तिनाउ चुरे संरक्षण समितिका अध्यक्ष कमल गौतमले पहिरोले जोखिममा परेका बस्ती बचाउन रकम खर्चि...