एचआईडिसीएलको २ करोड ७८ लाख कित्ता शेयर साउन १५ देखि फेरि लिलाममा

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले साउन १५ गतेदेखि संस्थापक शेयर लिलाम गर्ने भएको छ ।  कम्पनीले यस अघिको लिलाममा बिक्रि नभएको २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।  यस लिलामीको शेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।   कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ । कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP' सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्। उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, - विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक ,  सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।कम्पनीले यस अघि असार ५ गतेदेखि असार १९ सम्म ३ करोड ३० लाख कित्ता शेयर लिलाममा ल्याएको थियो।  तर ५१ लाख ९० हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो ।  त्यस लिलामको कट अफ मूल्य १०० रुपैयाँ रहेको थियो ।  अर्थात् १०० रुपैयाँमा आवेदन दिनेले समेत शेयर पाएका थिए ।  अब भने त्यस समय आवेदन नपरेको  २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक शेयर लिलाममा आउने भएको हो । कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

सम्बन्धित सामग्री

साउन १५ मा दूधको माग उच्च

काठमाडाैं : आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ। आज करिब ५० लाख लिटर दूध खपत भएको छ। मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो।नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पुर्‍याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो। उनले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताए।एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जो

साउन १५ : दूधको माग उच्च

आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो ।नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पुर्याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो । उनले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताए ।एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जोगाऔँ’

साउन १५: दूधको माग उच्च

आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ। आज करिब ५० लाख लिटर दूध खपत भएको छ।...

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडाैं । साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो […] The post आज साउन १५, खिर खाएर मनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

साउन १५ मा किन खाइन्छ खिर ? यस्तो छ कारण

साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले …

साउन १५ खिर खाएर मनाइँदै

साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले […]

साउन १५ खिर खाएर मनाइँदै

वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।

साउन १५ खिर खाएर मनाइँदै

काठमाडौँ,१५ साउन । साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा […]

खीर खाएर मनाइँदै साउन १५

काठमाडौँ – आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ। खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ । असार १५ मा दही चिउरा खाएको ठिक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता […]

एसईईको नतिजा साउन १५ भित्र

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकार