बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले नक्सालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका ब्रजेश उपाध्याय हुन् । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उनलाई २ करोड ६१ लाख बिगो रकम जाहेरवाललाई भराउन र सो बराबरको रकम जरिवाना तिराउने फैसला गरेको छ । २०७९ साउन २३ मा भएको सो फैसलापछि उनी फरार थिए । प्रतिवादीलाई पक्राउ गरेर ललितपुर जिल्ला अदालतमा पेश गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।