प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदीस्थित नेपाली दूतावासका समस्याबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई जानकारी गराएको छ । आइतबार मन्त्रालयमा मन्त्री कुँवरलाई भेटेर ८ वटा समस्याबारे जानकारी गराएको हो । कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरूले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली लगायतका विषयमा मन्त्री कुँवरलाई जानकारी गराइएको हो । त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँ