त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा  यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।मलेसिया हिजो नेदरल्याण्ड्ससँग  १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ। 

सम्बन्धित सामग्री

नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

७ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ । गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् । चैत्र १७(३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै […]

त्रिकोणात्मक सिरिज : नामेबियाको दोस्रो हार

काठमाडौं, ३ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नामेबियालाई पराजित गरेको छ। किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा भएको खेलमा स्कटल्याण्डले टस जित्दै पहिला बलिङ् रोजेको थियो। नामेबियाले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ् उत्रेको स्कटल्याण्डले २२.१ ओभरमा बिना […]

लिग २ त्रिकोणात्मक सिरिज : नेपालले पहिलो खेल पपुवा न्यू गिनीसँग खेल्ने

११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी मार्चमा नेपालेयुएई र पपुवा न्यू गिनी (पीएनजी) सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । नेपाल, आयोजक यूएई र पीएनजी सम्मिलिति त्रिकोणात्मक एकदिवसीय सिरिज मार्च १५ देखि २२ सम्म युएईमा हुने भएको हो । जसमा नेपालले पहिलो खेल पीएनजीसँग मार्च १६ मा खेल्ने तालिका छ । […]

त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फर्कियो

ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको स्वदेश फर्किएपछि विमानस्थलमा बताए । नेपाली टोलीलाई क्यानका छुम्बी लामाले त्रिभुव

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ

नेपाली क्रिकेट टोली त्रिकोणात्मक सिरिज खेल्न १७ खेलाडी सहित २२ सदसिय टाली आज मंगलबार बिहान ओमनतर्फ प्रस्थान गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपाल,अमेरिका र ओमानले प्रतिस्पर्धा हनेछ ।

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी)सँग हुने दुई 'एक दिवसीय सिरिज'का लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार १७...

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी)सँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।  ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीब्र गतिका बलर गुल्शन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट

नेपालले त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुई ओडीआई खेल्ने

काठमाडौं: सेप्टेम्बर महिनामा विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुईवटा एकदिवसिय सिरिज खेल्ने भएको छ। नेपालले सेप्टेम्बरको ५ तारिखमा डे र ८ तारिखमा डे नाइट गरी दुई ओडीआई खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि…

पारस खड्काले त्रिकोणात्मक सिरिज गुमाउने

३ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्काले शनिबार शुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् । नेपाल, नेदरल्याण्ड्स र मलेसियाको यो सिरिज भोलि शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरु हुनेछ । तर कुममा लागेको चोटका कारण उनले सिरिज नखेल्ने भएका छन् । प्रशिक्षणका क्रममा फिल्डिङ गर्दा घाइते भएका उनलाई चिकित्सकले तीन साता […]