हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ। मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना छ। ‘आउँदो डिसेम्बरसम्म त मलेसियाले नेपालीलगायत विदेशी कामदार नभित्र्याउने लगभग निश्चित जस्तै छ,’ बुधबार उनले भने, ‘सन् २०२२ को सुरुवातदेखि पनि रो