मे मा सुचित महामारी बेरोजगारी सहायता लिएकाले जुलाई १ सम्म थप कागजात नबुझाए रकम फिर्ता गर्नुपर्ने

सन् २०२० को डिसेम्बर २७ पछि बेरोजगारी विमा अन्तरगत महामारी बेरोजगारी सहायता पीयुएमार्फत रकम लिएका र  मे महिनामा थप कागजात पेश गर्नका लागि सुचना पाएकाहरुले जुलाई १ सम्म थप कागजात नबुझाए पहिले लिएको रकम फिर्ता गर्नुपर्ने हुनसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । डिपार्टमेन्ट अफ लेबरले थप कागजात पेश गर्न जानकारी गराउँदै सुचित गरेकोमा […]

सम्बन्धित सामग्री

प्रभुले गर्‍यो रकम फिर्ता, शाखाका सबै कर्मचारी निलम्बनमा

रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । प्रभु बैङ्कको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले रकम अपचलन गरेको पाइएको हो । बैङ्कका कारण रकम अपचलन भएको पाइएपछि बैङ्कले हालसम्म एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरेको छ । तीमध्ये भूकम्पपीडितको एक करोड पाँच लाख र ग्राहकको ६७ लाख ९८ हजार रुपियाँ रहेको छ । प्रभु बैङ्कले अरू पनि अपचलन भएको हुन सक्ने अनुमान गरी थप छानबिन भइरहेको जनाएको छ ।

एनआईसी एशिया ग्रोथ फण्ड-२ को इकाईमा आवेदन दिने समय अवधि थप

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर ४ गतेदेखि विक्री खुला गरेको एनआईसी एशिया ग्रोथ फण्ड -२ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । फण्डको इकाईका लागि अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभन्दा अगाडि पूर्ण आवेदन परेमा पूर्वसूचना दिई कुनै पनि दिन निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । निष्कासन गरिएको कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गरेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ । र, न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ । फण्डको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।

विदेशी मुद्रामा मुद्दती खाता खोल्न थप लचिलो

गैरआवासीय नेपाली तथा अन्य विदेशीले मुद्दती खाता खोल्न थप सहज हुने भएको छ । खाता खोलेको दुई वर्षमा रकम फिर्ता लैजाने सुविधाले उनीहरू आकर्षित नभएकाले नयाँ व्यवस्था गर्न लागिएको अर्थसचिव मधुकुमार...

आयोजनाको म्याद थप, धरौटी फिर्ता र भुक्तानीकाे विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले महासंघले आयोजनाको म्याद थप, धरौटी फिर्ता एवं भुक्तानीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष रवि सिंहको टोली प्रधानमन्त्रीलाई बधाई दिँदै बजेटसँग सम्बन्धित म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा निर्माण...

आयोजनाको म्याद थप र ५० प्रतिशत रकम फिर्ता नहुँदा समस्या

काठमाडौं । सरकारले पूर्वाधार निर्माणका आयोजनाको ६ महीना म्याद थप गर्ने र ५० प्रतिशत रकम निर्माण व्यवसायीलाई उपलब्ध गराउने भने पनि कार्यान्वयन नहुँदा निर्माण व्यवसायीहरु समस्यामा परेका छन् । आयोजनाको म्याद ६ महीना थप्ने र ‘रिटेन्सन मनी’बापतको ५० प्रतिशत रकम फिर्ता गराउने सरकारको निर्णय कार्यान्वयनमा नआएपछि आफूहरू समस्यामा गुनासो उनीहरूले गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा म्याद थप र निर्माण व्यवसायीलाई चालू पूँजी व्यवस्थापनमा सहयोग पुर्‍याउन रिटेन्सन मनीबापतको ५० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । तर, सोही घोषणाअनुसार हालसम्म पनि ती निर्णय कार्यान्वयन गर्न कार्यविधि नबनेको र सम्बन्धित निकायमा निर्देशन पनि नगएकाले व्यवसायीले यस्तो सुविधा पाउन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘अहिले व्यवसायीहरू यी दुई विषय कार्यान्वयन नहुँदा ठूलो समस्यामा परेका छौं,’ सिंहले भने, ‘रिटेन्सन मनी फिर्ता भएमा निर्माण व्यवसायीले १५ अर्ब रकम पाउँछन् । उक्त रकम रिलिज गर्दा नगद प्रवाह सहज बन्छ । त्यसैले जतिसक्दो छिटो कार्यविधि बनाएर फिर्ता गर्नुपर्छ ।’ उक्त कार्यविधि नबन्दा र कर्मचारीलाई पनि निर्देशन नदिँदा सो रकम नपाइएको उनले बताए । यस्तो ग्यारेन्टी निर्माण व्यवसायीले निर्माणको बिल लिँदा त्यसको ५ प्रतिशत नगद धरौटीको रूपमा कट्टा गरेर सम्बन्धित निकायले राख्छन्, जुन रकम निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायीलाई नै फिकअर्ता हुने व्यवस्था छ । अहिले निर्माण व्यवसायीले सोही रकम फिर्ता मागेका हुन् । हरेक ठेक्काको उक्त प्रतिशत रकम निर्माण व्यवसायीकै नाममा बैंकको धरौटी खातामा जम्मा गरिएको हुन्छ । असार मसान्त आइसकेकाले बैंक ग्यारेन्टी, कर्मचारीलाई भुक्तानी तथा अन्य निर्माण सामग्री सप्लायर्सलाई पनि भुक्तानी दिन समस्या परेको अध्यक्ष सिंहले बताए । म्याद थपको विषय कार्यान्वयन नहुँदा बनिरहेका बिलको भुक्तानी नभएको र रिटेन्सन मनीबापतको ५० प्रतिशत रकम उपलब्ध नहुँदा समस्या भएको उनको भनाइ छ । कोभिडका कारण म्याद थप नभएका आयोजनामा संघीय सरकारबाट २५ अर्बको भुक्तानी पाउन बाँकी रहेको बताइएको छ । म्याद थप हुनबित्तिकै उक्त रकम भुक्तानी पाउने वातावरण बन्ने महासंघको भनाइ छ ।

धरौटी रकम फिर्ता गराउन निर्माण व्यवसायीहरूको लबिङ

नेपाल समाचारपत्र, काठमाडौं  ।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीसँग भेट गरी आर्थिक वर्ष २०७८-७९ को बजेट बारे महासंघको धारणा पेस गरेको छ । निर्माण आयोजनाहरूको ६ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै महासंघले २०७८ वैशाख १६ गतेभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाको लागि निर्णय […]

बजेटमा निर्माण व्यवसायीको १३ बुँदे सुझाव

नेपाल निर्माण व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि १३ बुँदे सुझाव दिएको छ । महासंघले स्रोतमा कट्टी भएको अग्रिम मूल्य अभिवृद्धि कर रकम फिर्ता, जरिबाना, ब्याज र थप दस्तुर छुट, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, धरौटी रकम फिर्ता, मुल्य अभिवृद्धि कर तथा अग्रिम आयकर लगायतका विषयमा सुझाव दिएको महासंघका अध्यक्ष रवि […]