घरजग्गाको कारोबार विस्तार गर्न कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ ।  सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए ।  उनका अनुसार जग्गाको कित्ताकाट ...

सम्बन्धित सामग्री

घरजग्गा कारोबारमा आशालाग्दो उन्नति

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएपछि र सरकारले कित्ताकाट खुला गरेसँगै घरजग्गा कारोबार फस्टाउन थालेको छ । कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र घरजग्गा कारोबारमा कडाइ गरेपछि झनै मन्दीमा पुगेको अवस्थामा पुनः घरजग्गाको कारोबार बढेसँगै माथि उकासिने अपेक्षा गर्न थालिएको छ । मंसिरमा अझै कारोबार बढ्ने अपेक्षा विदेशी मुद्राको सञ्चिति […] The post घरजग्गा कारोबारमा आशालाग्दो उन्नति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कित्ताकाट खुल्न थालेसँगै चितवनमा घरजग्गाको कारोबारमा सुधार

चितवन । तरलता सहज र कित्ताकाट खुल्न थालेसँगै चितवनमा घरजग्गा कारोबार बढ्न थालेको छ । चालु आर्थिक वर्ष (आव) ०७९/८० को जेठमा लाभकरसहित भरतपुर मालपोत कार्यालयले १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालु आवको अहिलेसम्मकै सबैभन्दा बढी कारोबार भएको छ । कार्यालय प्रमुख शेरबहादुर भण्डारीले वैशाखमा घटेको कारोबार जेठमा पुनः बढेको बताए । वैशाखमा भने लाभकरसहित ११ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत चैतमा भने कार्यालयले १५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।  कार्यालयबाट चालु आवमा कुल २ अर्बजतिको राजस्व संकलन लक्ष्य लिए पनि असार महिनासम्म १ अर्ब ६० करोड हाराहारी मात्र राजस्व संकलन हुने अनुमान गरिएको प्रमुख भण्डारीले बताए । तरलतामा कम, बैंकको व्याज बृद्धि र सहजरूपमा ऋण प्रवाह कम भएसँगै घरजग्गा कारोबारमा समेत ठूलो असर परेको हो ।  पालिकाले जग्गाको वर्गीकरण गरेर कित्ताकाट फुकुवा हुन थालेपछि जेठयता भने कारोबार केही बढ्न थालेको छ । स्थानीय तहहरूले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएको हो । घरजग्गाको कारोबार सुधारपछि लाभकरको दर बढ्दा राजस्व पनि बढेको भण्डारीले बताए । कृषि र गैरकृषि भूमि वर्गीकरण गरी कित्ताकाटमा सहजीकरण गर्ने स्थानीय तहहरूको संख्या बढेसँगै घरजग्गा कारोबारले गति लिन थालेको प्रमुख भण्डारीको भनाइ छ । ‘स्थानीय तहहरूले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएसँगै कारोबारमा त सुधार आएको छ,’ प्रमुख भण्डारीले भने, ‘कारोबारले सोचेजस्तो गति भने लिन सकेको छैन ।’  अपेक्षाअनुसार कारोबार हुनका लागि भने हालको आर्थिक समस्या नै हट्नुपर्ने उनको भनाइ छ । निकै सुस्त रहेको घरजग्गा कारोबारमा सुधार आउन थालेपछि व्यवसायीमा केही आशा पालाएको छ ।  ‘जताततै आर्थिक मन्दी छ । पैसा नभएपछि जतिसुकै सुविधा दिए पनि खासै प्रभाव पर्दैन,’ प्रभु हाउजिङ्गका अध्यक्ष केशव कार्कीले भने, ‘साना साना कारोबारले हामी व्यवसायीलाई खासै प्रभाव पार्दैन ।’ बैंकको व्यादर कम हुने र सहजरूपमा लगानी गर्न पाउने हो भने घरजग्गाका कारोबारमा सुधार आउने उनको भनाइ छ । ‘घरजग्गा कारोबार उकालो लाग्न सबै संयन्त्र, ऐननियम व्यवसायीमैत्री हुनुपर्छ,’ उनले भने ।

असोजमा झनै घट्यो घरजग्गाको कारोबार

३ कात्तिक, काठमाडौं । असोज महिनामा घरजग्गाको कारोबारमा थप सुस्ताएको छ । तरलता अभाव उच्च भएको र भू-उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति कार्यान्वनमा रहेको अवस्थामा चालु आर्थिक वर्ष २०७९/८० लागेदेखि नै घरजग्गाको कारोबार ओरालोतिर छ । असोज महिनामा गत २०७८को असोजमा  तुलनामा जग्गाको कारोबार करिब ५६.४५ प्रतिशतले घटेको छ […]

एकै महीनामा झण्डै २ लाख कित्ताकाट, फेरी बढ्न लागेको हो घरजग्गाको कारोबार ?

वैशाख ४, काठमाडौं। सरकारले कृषि योग्य जग्गाको संरक्षण गर्न भन्दै जग्गाको खण्डिकरणमा रोक लगाएको छ । तर जग्गाको कित्ताकाट भने रोक लगाएपछि नै लगातार बढेको बढ्यै छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याकं अनुसार गत चैत महीनामा मात्रै एक लाख ७३ हजार कित्ताकाट भएका छन् । यो तथ्याङ्क एकै महीनामा भएको सर्वाधिक कित्ताकाट मध्येकै एक हो । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैतमा साबिकका ७३ हजार ८०५  कित्ताहरु काटेर १ लाख ७२ हजार ७९७ ओटा कित्ता कायम भएका छन् ।  गत फागुनमा साविकका ६८ हजार ९५९ ओटा कित्ता काटेर १ लाख ५९ हजार १२८ कित्ता कायम भएको बिभागको रेकर्ड छ । यो तथ्याकं फागुन महिनाको भन्दा झण्डै ५ हजार बढी साबिकका कित्ताहरु टुक्र्याएर १३ हजार ६६९ बढी कित्ता कायम भएका छन् ।  कुन ठाउँमा हुन्छन् धेरै कित्ताकाट ? गत चैत महीनामा सबैभन्दा कित्ताकाट झापाको दमकमा भएको छ । झापामा ३ हजार ५० साविकका कित्ताहरु काटेर ६ हजार २९१ नयाँ कित्ता कायम भएका छन् । त्यस्तै पूर्वकै इटहरीमा साविक २ हजार ९१२ कित्ता जग्गा खण्डिकरण गरेर ७ हजार २९६ नयाँ कित्ता कायम भएका छन् ।   त्यस्तै, तेस्रो धेरै कित्ताकाट हुनेमा बेलबारी मोरङ रहेको छ । बेलबारीमा साविकका २ हजार २३७ कित्ता जग्गा टुक्र्याएर ५ हजार ७७७ नयाँ कित्ता कायम गरिएको छ । सबैभन्दा धेरै जग्गाको किनबेच हुने ठाउँमा नै कित्ताकाट पनि धेरै भएको पाइन्छ । पछिल्लो समय झापामा दमक र भद्रपुर, सुनसरीमा इटहरी, मोरङमा बेलबारी र विराटनगर, जनकपुर, बारा, पर्सा, चितवन, बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढीमा घरजग्गाको सर्वाधिक कारोबार हुने गरेको छ । चैतमा देशभर ७० हजार ८३० घरजग्गा किनबेच हुँदा साढे ३ अर्ब रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ । चैतमा फागुनको भन्दा ५ हजार कम घरजग्गा किनबेच भएका हुन् । रजिष्ट्रेशन दस्तुर पनि फागुनको भन्दा ३० करोड रुपैयाँ कम संकलन भएको छ ।