एकै महीनामा झण्डै २ लाख कित्ताकाट, फेरी बढ्न लागेको हो घरजग्गाको कारोबार ?

वैशाख ४, काठमाडौं। सरकारले कृषि योग्य जग्गाको संरक्षण गर्न भन्दै जग्गाको खण्डिकरणमा रोक लगाएको छ । तर जग्गाको कित्ताकाट भने रोक लगाएपछि नै लगातार बढेको बढ्यै छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याकं अनुसार गत चैत महीनामा मात्रै एक लाख ७३ हजार कित्ताकाट भएका छन् । यो तथ्याङ्क एकै महीनामा भएको सर्वाधिक कित्ताकाट मध्येकै एक हो । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैतमा साबिकका ७३ हजार ८०५  कित्ताहरु काटेर १ लाख ७२ हजार ७९७ ओटा कित्ता कायम भएका छन् ।  गत फागुनमा साविकका ६८ हजार ९५९ ओटा कित्ता काटेर १ लाख ५९ हजार १२८ कित्ता कायम भएको बिभागको रेकर्ड छ । यो तथ्याकं फागुन महिनाको भन्दा झण्डै ५ हजार बढी साबिकका कित्ताहरु टुक्र्याएर १३ हजार ६६९ बढी कित्ता कायम भएका छन् ।  कुन ठाउँमा हुन्छन् धेरै कित्ताकाट ? गत चैत महीनामा सबैभन्दा कित्ताकाट झापाको दमकमा भएको छ । झापामा ३ हजार ५० साविकका कित्ताहरु काटेर ६ हजार २९१ नयाँ कित्ता कायम भएका छन् । त्यस्तै पूर्वकै इटहरीमा साविक २ हजार ९१२ कित्ता जग्गा खण्डिकरण गरेर ७ हजार २९६ नयाँ कित्ता कायम भएका छन् ।   त्यस्तै, तेस्रो धेरै कित्ताकाट हुनेमा बेलबारी मोरङ रहेको छ । बेलबारीमा साविकका २ हजार २३७ कित्ता जग्गा टुक्र्याएर ५ हजार ७७७ नयाँ कित्ता कायम गरिएको छ । सबैभन्दा धेरै जग्गाको किनबेच हुने ठाउँमा नै कित्ताकाट पनि धेरै भएको पाइन्छ । पछिल्लो समय झापामा दमक र भद्रपुर, सुनसरीमा इटहरी, मोरङमा बेलबारी र विराटनगर, जनकपुर, बारा, पर्सा, चितवन, बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढीमा घरजग्गाको सर्वाधिक कारोबार हुने गरेको छ । चैतमा देशभर ७० हजार ८३० घरजग्गा किनबेच हुँदा साढे ३ अर्ब रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ । चैतमा फागुनको भन्दा ५ हजार कम घरजग्गा किनबेच भएका हुन् । रजिष्ट्रेशन दस्तुर पनि फागुनको भन्दा ३० करोड रुपैयाँ कम संकलन भएको छ ।

सम्बन्धित सामग्री

अमेरिकामा घरजग्गाको कारोबार घट्यो

अमेरिकामा घर जग्गाको कारोबार घटेको छ । अघिल्लो महिना मार्चको एक तथ्याङ्क अनुसार अमेरिकामा २ दशमलव ४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो । अमेरिकाको नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो । अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्त्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको विषयलाई चिन्ताको रूपमा लिइएको छ । रियल स्टेट बजारले गएको वर्ष व्यापक आर्थिक सङ्घर्ष गर्नुपरेको थियो । कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्र र क्रयशक्तिमा आएको कमीका कारण घरजग्गाको क...

लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग

काठमाडौँ – घर जग्गा व्यवसायीहरुले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। शुक्रवार संगठन नेपाल घर जग्गा तथा आवास विकास महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो माग राखेका हो। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीले नेपालमा अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था गर्न सरकासँग माग गरे। उनले भू-उपयोग कानूनको प्रभावकारी […]

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व संकलन घट्यो

१५ मंसिर, काठमाडौं । घरजग्गा कारोबारमा कमी आउँदा राजस्व संकलनन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । जसकारण यसबाट संकलनन हुने राजस्व पनि घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ साल कात्तिकमा देशभरका मालपोत कार्यालयबाट रु पाँच अर्ब ४९ […]

असोजमा झनै घट्यो घरजग्गाको कारोबार

३ कात्तिक, काठमाडौं । असोज महिनामा घरजग्गाको कारोबारमा थप सुस्ताएको छ । तरलता अभाव उच्च भएको र भू-उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति कार्यान्वनमा रहेको अवस्थामा चालु आर्थिक वर्ष २०७९/८० लागेदेखि नै घरजग्गाको कारोबार ओरालोतिर छ । असोज महिनामा गत २०७८को असोजमा  तुलनामा जग्गाको कारोबार करिब ५६.४५ प्रतिशतले घटेको छ […]

सरकारले घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य गर्दै

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्नका लाग लाइसेन्स अनिवार्य गर्ने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार प्रतिनिधिसभामा पेश गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा मालपोत ऐन, २०३४ लाई संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो । उक्त संशोधनमा घरजग्गा सम्बन्धी कारोबार गर्न चाहने व्यक्तिले तोकिए बमोजिमका विवरण तथा […]

घरजग्गाको कारोबार आधिकारिक निकायबाट

बजेट वक्तव्य २०७९÷८० बाट सरकारले घरजग्गाको कारोबार आधिकारिक निकायबाट अनुमति पाएको व्यक्ति र कम्पनीले मात्र पाउने व्यवस्था गरेको छ । हालै संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले सरकारले यस्तो व्यवस्था गरेको जानकारी दिए । यसको विस्तृत नीति, कार्यविधिसमेत समयसापेक्ष रूपमा आउला भन्ने अपेक्षा राखौं ।घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले यस्तो व्यवस्था गरेको अर्थमन्त्रीले बताएका […]

अब घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य

काठमाडौं : सरकारले अब घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य गरेको बताएका हुन्।  आधिकारिक व्यक्ती र कम्पनीमार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था आगामी वर्ष महानगर र उपमहानगरमा लागू हुने समेत बताए।

घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने

सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि घरजग्गाको कारोबार गर्न लाइसेन्स आवश्यक पर्ने बताएका हुन् ।यसका लागि सरकारले आधिकारिक व्यक्ती र कम्पनीमार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गर्ने छ । आगामी वर्ष यो व्यवस्था महानगर र उपमहानगरमा लागू हुने छ र त्यसपछि अन्यत्र लागू हुने बताइएको छ ।

दशैंपछि घरजग्गा कारोबार सुस्त

दशैंपछि घरजग्गा कारोबारमा उत्साह घटेको व्यवसायीहरूले बताएका छन् । घरजग्गाको कारोबार सुस्त हुँदा राजश्व पनि घटेको छ ।