काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले हाइड्रोजनबाट चल्ने कार देखाएको छ । कम्पनीले इनिटियम नामबाट नयाँ फ्यूलसेल कार सार्वजनिक गरेको हो । हुन्डाईले इनिटियम नाम दिनुको मतलव ‘नयाँ सुरुवात’ भन्ने बुझाउन खोजेको हो । विगत २७ वर्षदेखि हाइड्रोजन कार निर्माण र उत्पादनमा खोजहरु गर्दै आएको हुन्डाईले यसलाई नयाँ डिजाइन ल्याङ्गवेज ‘आर्ट अफ स्टील’मा बनाएको छ […]